पोखरा । पोखरा नर्सिङ क्याम्पस पोखराको ४१ औं वार्षिकोत्सव समारोह बिहीबार भएको छ । २०३९ फागुन १७ गते स्थापना भएको क्याम्पसमा क्याम्पस हाल स्नातकोत्तर तहसम्म अध्यापन हुन्छ ।
कार्यक्रममा पूर्वक्याम्पस प्रमुख नीरुपा थापाले नर्सिङ जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताइन् । उनले पोखरा नर्सिङ क्याम्पसले अनुसन्धानतर्फ समेत जोड दिनुपर्ने उनको भनाइ छ ।
समारोहमा क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले ४० विद्यार्थी थोरै शिक्षक, कर्मचारीसहित सिएमए कार्यक्रमबाट क्याम्पस सुरु भएको उल्लेख गरिन् । क्याम्पसमा नियमित सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक कार्यक्रमका साथसाथै विद्यार्थीको ज्ञान, सीप र गुणस्तर वृद्धि हुने खालका नयाँ कार्यक्रम थप गर्र्दै दक्ष नर्सिङ जनशक्ति उत्पादनमा लागेको उनको भनाइ छ ।
पूर्वविद्यार्थी मञ्चका अध्यक्ष उपप्राध्यापक गीता घिमिरेले बिएनएस र बिएस्सी अन्तिम वर्षका विद्यार्थीहरु अनिशा बराल र चिना थकापालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिने । कार्यक्रममा विद्यार्थी कल्याण शाखा प्रमुख रेखा थपलियाको संयोजकत्वमा साताव्यापी खेलकुद कार्यक्रमसमेत भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति झल्काउने विभिन्न गीत, कविता तथा नृत्यहरु प्रस्तुत गरेका थिए । क्याम्पसका विभिन्न तहका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई खेलकुदमा उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा क्याम्पसले प्रकाशनमा ल्याएको जर्नल, वार्षिक प्रतिवेदन तथा बुलेटिन पूर्व क्याम्पस प्रमुख निरुपा थापा र क्याम्पस प्रमुख प्राध्यापक ताम्राकारले सार्वजनिक गरे ।
कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष नीलम महर्जन, कर्मचारी संघ पोखरा क्याम्पस इकाइ समिति सभापति हसिना बस्नेत, शाखा अधिकृत प्रजापति पराजुली र सहायक क्याम्पस प्रमुख शारदा शर्माले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ क्लबद्वारा विद्यालय पोसाक तथा स्टेसनरी वितरण
प्रतिभा माविमा वक्तृत्वकला
प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१