पोखरा । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ ।
मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संस्थापक तथा जग्गादाता लक्ष्मण गुरुङको सालिकमा माल्यार्पण, हीरकद्वार उद्घाटन तथा हीरक स्तम्भ शिलान्यास गरी जयन्ती शुभारम्भ गरे । प्रमुख अतिथि अन्नपूर्णका अध्यक्ष केसी, पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष चन्द्रकला अधिकारी, शिक्षा विकास समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, वडा ११ का अध्यक्ष हिमबहादुर गुरुङ लगायतले शिक्षाको महत्व र शिक्षण सिकाइबारे भनाइ राखे । जयन्ती ३ दिनसम्म मनाइने छ ।
मूल समारोह समिति संयोजक लक्षिन गुरुङको अध्यक्षतामा भएको समारोहमा छात्र÷छात्रा भलिबल, छात्र बास्केटबल प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार प्रदान गरियो । त्यस्तै, गाउँपालिकास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता, घान्द्रुकमा कार्यरत अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई समूहलाई पनि पुरस्कार वितरण गरियो ।
विद्यार्थीलाई अनुशासन, व्यक्तिगत सरसफाइ पुरस्कार, उत्कृष्ट पिटी प्रदर्शन पुरस्कार, कक्षागत शैक्षिक पुरस्कार, विभिन्न छात्रवृत्ति, एसइईमा उत्तीर्ण भई ग्रेड बिदेखि माथि ल्याउने विद्यार्थी छात्रवृत्ति र पुरस्कार, कक्षा ११ र १२ उत्तीर्ण ग्रेड बी देखि माथि ल्याउने विद्यार्थी छात्रवृत्ति र पुरस्कार पनि प्रदान गरियो ।
विद्यालयबाट हालसम्म करिब ७ सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेको प्रअ यमप्रसाद भण्डारीले बताए । उनले स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआति गन्तव्य समेत भएको स्पष्ट पार्दै आगामी दिनमा होटल व्यवस्थापनको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच रहेको सुनाए ।
हीरक जयन्ती सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ संकलन उपसमिति संयोजक ललित गुरुङले बताए । सो अवसरमा भलिबल, फुटबल, बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक÷विद्यार्थी पुनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान गरिनेछ ।
तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम वराह मिडिल स्कुल स्थापना गरिएको थियो । २०३४ माघ १८ देखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ पुस १६ मा कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ देखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेकोमा २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१