पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
pema dhechenling gumba pic

पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा धेछेनलिङ गुम्बामा गुरुङ लामा संघ नेपालको अध्यक्ष धर्म गुरु खेन्पो शिर लामाद्वारा बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन गरेका थिए ।

बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सुरुआत धर्म गुरु खेन्पो शिर लामाद्वारा बत्ती (छुमे) बालेर तथा पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले कोकोम्हेन्दोको फूल बर्साएर गरेका थिए ।

गुरु खेन्पो शिर लामाले बुद्धको जन्म र बुद्धत्वबारे विशेष प्रवचन दिएका थिए । कार्यक्रममा बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रीय उपाध्यक्ष दीपक वाइबा, खहरे आमा समूहका अध्यक्ष शान्ति पहारीलगायतले बोलका थिए ।

बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मिस तामाङ पोखरा २०२३ का बिजेता एवं बैदाम तामाङ सेवा समाजका सहसचिव रोश्मा तामाङले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width