चण्डीडाँडा माविलाई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
chandidandas

पोखरा ।  फेदीखोला गाउँपालिका स्तरीय छैटौं मैत्रीपूर्ण शिक्षक भलिबल रनिङ सिल्ड प्रतियोगिता २०८० को उपाधि चण्डीडाँडा माविले हात पारेको छ । माघ २६ र २७ गते सञ्चालित प्रतियोगिताको फाइनल खेलमा संस्थागत आधारभूत शिक्षकको समूहलाई २–० को सोझो सेटले पराजित गर्दै चण्डीडाँडा मावि शिक्षक समूहले उपाधि हात पारेको हो ।
त्यस्तै शनिबार तेस्रो स्थानका लागि सिद्धार्थ माविको टिमले सामुदायिक आधारभूत शिक्षकको टिमलाई २–० को सेटले हराएको थियो ।

विजेता चण्डीडाँडाले २० हजार, उपविजेता संस्थागत आधारभूतले १५ हजार तथा तेस्रो भएको सिद्धार्थ माविले १० हजारका साथमा सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । चण्डीडाँडा माविका विपीन थापा सर्वोकृष्ट खेलाडी घोषित भए ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरेको प्रतियोगिताको पुरस्कार गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ साथै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले प्रदान गरे ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ फेदीखोला २ स्थित काला भैरव मावि खेल मैदानमा प्रतियोगिता भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width