शुभप्रभात काव्यमालाको २४५ औं शृंखला

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
kabyamala

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा मासिकरुपमा सञ्चालन हुँदै आएको शुभप्रभात काव्यमालाको २४५ औं शृंखला शनिबार भएको छ ।

हेमजामा भएको कार्यक्रममा धवलागिरि बोर्डिङ स्कुलका संस्थापक प्राचार्य शिवबहादुर रेग्मीले हरेकमा फरक खालको क्षमता हुने र त्यसलाई बुझेर मेहेनत गर्दै निखार्नु पर्ने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ छन्दिका त्रिपाठी, हेमजा साहित्य प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी, प्रतिष्ठानका पूर्व उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, लगायतले भनाइका साथमा रचना वाचन गरे ।

कार्यक्रममा निकेश गायक, अपेक्षा विक, अनुष्का परियार, अनिल थापा, सम्मरबहादुर गायक, गोविन्द गायक, सन्जिप विक, आर्या त्रिपाठी, वसन्तराज त्रिपाठी, षष्ठीवल्लभ तिवारी र हेमजा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरिरहेको सारंगी प्रशिक्षणमा प्रशिक्षित कालाकारले सांगीतिक प्रस्तुति गरेका थिए ।

प्रतिक गायक, असिम गायक, अरुणा गायक, विद्याश्री गायक, प्रकृति गायक, संगम गायक प्रनिश गायक, प्रितिका गायक, विजय रसाइली, आशा विक, पूजा विक, पुष्पा नेपाली, अन्जली नेपाली, सुशान्त विक, शिशिर विक र वसन्त रसाइलीले सारंगीको धुनमा सबैलाई आनन्दित तुल्याएका थिए ।

प्रतिष्ठान नेपालका उपाध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष रीता कार्की कुँवर र सञ्चालन प्रतिष्ठान सदस्य दिवाकर पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width