गण्डकीमा २२९ मत खस्यो, ढोरपाटनका फरार मेयर भोट हाल्न आएनन्

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
0530c47c-9112-4192-853b-34839266d8ef

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको मतदान सकिएको छ । २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेका छन् ।

सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने उपस्थित भएनन् ।

मतदाता नामावलीमा नाम प्रकाशन भएका कारण उनलाई पूरा समय कुर्नुपर्ने हुन्छ । ३ बजेपछि प्रक्रिया पूरा गरेर केहीबेरमा मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकीमा ८५ पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष गरी १ सय ७० र ६० जना प्रदेश सभा सदस्य गरी २ सय ३० मत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width