पोखरा । कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध कार्यक्रमका साथ शुक्रबार लुम्लेमा मनाइएको छ ।
गौचनको १० औं स्मृति दिवसको अवसर पारी कविता गाउँ लुम्लेले आयोजना गरेको विद्यालय स्तरीय कवितावाचन प्रतियोगितामा सिद्ध आविका सिर्जन देवकोटा प्रथम भए । सिद्धकै समीता देवकोटा द्वितीय, ज्ञानोदय आविका कञ्चन विक तृतीय तथा ज्ञानोदयकै सोजन विक तथा संगम माविका मिलन विक सान्त्वना स्थान हासिल गरे ।
कार्यक्रममा उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले स्रष्टाको सम्मान गर्न सके देशकै सम्मान हुने उल्लेख गरिन् । उनले देश विकासमा स्रष्टाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गरिन् ।
वडाध्यक्ष एकदेव देवकोटाले स्वः गौचनको योगदानलाई चिरस्थायी बनाउन निरन्तर क्रियाशील रहँदै आएकोमा अब प्रतिमा स्थापनालाई पूर्णता दिन वडाले सक्दो सहयोग गर्ने स्पष्ट पारे । उनले लुम्लेका धेरै परिचयमध्ये कविता गाउँ महत्वपूर्ण परिचय बनेको पनि औँल्याए ।
कविता गाउँका संरक्षक विश्वमोहन गौचनले लुम्लेको पहिचानलाई थप उचाइमा पुर्याउन कविता गाउँले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै विनोदको प्रतिमा स्थापनाका लागि जग्गा व्यवस्थापन गर्न लुम्लेवासीमा आह्वान गरे ।
संस्थाका सल्लाहकार साहित्यकार असफल गौतमले लुम्ले पवित्र भूमि रहेको चर्चा गर्दै स्वः गौचनको सालिक स्थापना गरी लुम्लेमा साहित्यिक पयर्टन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा साहित्यकार दुर्गाबहादुर शाह बाबा, संस्कृतिकर्मी ताराबहादुर गुरुङ, लोक नृत्य कलाकार संघ नेपालका अध्यक्ष केशबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य गणेश जिसी, पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ, सिद्ध आविका प्रअ टंकप्रसाद देवकोटा, पूर्व अध्यक्ष चूडामणि देवकोटा, संगम माविका प्रअ टेकनाथ पोखरेल, ज्ञानोदय आविका प्रअ चन्द्रदत्त चपार्इं, समाजसेवी लक्ष्मण देवकोटा, वडा सदस्य नीलकण्ठ चापागार्इं, डिलमाया सुनार, कृष्णप्रसाद देवकोटालगायतले मन्तव्य राखेका थिए ।
यसैबीच स्वः गौचनको व्यक्तित्व र कृतित्वमाथि परिचर्चा भयो । यस्तै नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो ।
लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव सुवास गुरुङले स्वागत तथा कविता गाउँका संस्थापक सचिव सुनील देवकोटाले कार्यक्रम सञ्चालन गरे ।
स्वः गौचनको परिकल्पनामा २०६५ चैत १५ गते लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो । त्यसको ५ वर्षपछि २०७० पुस २० गते निधन भएका गौचनको स्मरणमा समितिले हरेक वर्ष विविध कार्यक्रमका साथ स्मृति दिवस र जन्मजयन्ती विशेष समारोह सञ्चालन गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१