पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप सफल बनाउन विभिन्न उपसमिति संयोजक चयन गरिएको छ ।
आयोजक सहारा क्लब पोखराको बिहीबार अध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको मानार्थ सदस्य एवं सल्लाहसहितको कार्यसमितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
जसमा अर्थ संकलन उपसमिति संयोजकमा क्लब सल्लाहकार सुनिलकुमार गुरुङ चयन भए । प्रचारप्रसारमा सल्लाहकार दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, अनुगमनमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुक्षेत्र गुरुङ, शान्ति सुरक्षा व्यवस्थापनमा सल्लाहकार मदन केसी संयोजक चयन भएका छन् ।
यसैगरी, खेल मैदान व्यवस्थापन समिति संयोजकमा सल्लाहकार तोरणबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा सल्लाहकार शम्भु कार्की, आयोजक टिम तयारी उपसमितिमा पूर्व अध्यक्ष वीरभद्र आचार्य, सहभागी टिम सम्पर्कतर्फ पूर्व अध्यक्ष विक्रम थकाली संयोजक चयन भएका छन् । साथै सल्लाहकारहरु गणेशबहादुर भट्टराई अतिथि सत्कारतर्फ सल्लाहकार गणेशबहादुर भट्टराई, योगेन्द्रबहादुर केसी यातायात व्यवस्थापन, तेजबहादुर गुरुङ लियाजन व्यवस्थापन, टीकाबहादुर कार्की संघसंस्था समन्वय, निवर्तमान अध्यक्ष हरिराम गुरुङ अन्तर्राष्ट्रिय शाखा समन्वय, सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ प्राथमिक उपचार व्यवस्थापन, संस्थापक अध्यक्ष वसन्त थकाली प्राविधिक एवं अनुशासन, पूर्व अध्यक्ष केशवबहादुर थापा सचिवालय एवं प्रमाणपत्र, सिल्ड मेडल व्यवस्थापनका तर्फ संयोजक चुनिएका हुन् ।
यसअघिको बैठकले क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सस्स्यीय मूल आयोजक कमिटी तथा १०१ सद्स्यीय सल्लाहकार परिषद गठन गरेको थियो ।
प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मुल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी चयन भएका थिए ।
माघ ९ देखि २० सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् । गत वर्ष संकटा क्लबले उपाधि जितेको थियो ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१