१. नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू सभापति सुशील कोइराला, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले कास्की काङ्ग्रेस कार्यालयमा म·लबार आयोजित पत्रकार सम्मेलनमा सबैलाई चुनावमा लाग्न आग्रह गरे। तीनजना शीर्ष नेताले एकसाथ र एकै मञ्चमा उपस्थित भई सम्बोधन गर्दा यहाँ चुनावको हावा आएको अनुभूत गरिएको छ।
२. आयोजक संस्था नेपाल प्रेस युनियन कास्कीले पनि पत्रकार सम्मेलनमा तीनै जना शीर्ष नेतालाई एकसाथ सरीक गराउन पाएकोमा खुसी व्यक्त गरेको छ। शीर्ष नेताहरू नेपाल महिला सङ्घद्वारा स्याङ्जामा आयोजित पश्चिमाञ्चलस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गरी पोखरा आएका थिए। स्याङ्जामा उनीहरूले चुनावको विरोध गरिरहेको नेकपा- माओवादीसँग वार्ता गर्ने कुरा बताएका थिए।
३. नेकपा-माओवादीलगायतका ३३ दलले चुनावको विरोध गरेर विरोधका कार्यक्रम समेत ल्याएका छन्। त्यसरी विरोधका कार्यक्रम समेत ल्याएको पार्टी’ग अब वार्ता गर्न ढिलाइ गर्न हुँदैन। जति ढिलाइ भयो, उति समस्या जेलिएर जान्छ र जटिल बन्दछ। पछि त्यो प्रतिष्ठाको सवाल पनि बन्दछ। त्यो अवस्था आयो भने सहमतिको विन्दुमा पुग्न त्यति सजिलो हुँदैन।
४. फेरि यो संविधानसभाको चुनाव हो। संविधानसभाको चुनावमा सबै पार्टीसहभागी हुनुपर्दछ। सरकारले सबै पार्टीबाई सहभागी हुने वातावरण तैयार गर्नुपर्दछ। त्यो उसको काम हो। चुनाव घोषणा गर्दैमा आफ्नो काम पूरा भयो भन्ने त्यसले सोच्नुहुँदैन। सरकार र ठूला चार दलले अहिले उनीहरूसँग वार्ता प्रारम्भ गर्नुपर्दछ।
५. नेकपा-माओवादीलगायतका विरोधमा उत्रेका पार्टीरूले सधैँ विरोध र आन्दोलनका कुरा मात्र गरेर हुँदैन। जनता बन्द, हडताल र आन्दोलनबाट वाक्क दिक्क भएका छन्। जनताको यो भावनालाई पनि बुझ्नुपर्दछ। जसले जनताको भावना बुझेन, ऊ असफल भएको छ। विगतका केही घटनाले यो देखाएको छ।
६. जनता चुनाव चाहन्छन्। संविधान चाहन्छन्। स्थायी सरकार चाहन्छन्। स्थायी सरकारबिना यो देशको उन्नति र प्रगति हुन सक्दैन। उन्नति र प्रगति नभई देश सबल र सक्षम हुँदैन। सबल र सक्षम नभएसम्म विदेशी चलखेल रोक्नु त्यत्ति सजिलो छैन। त्यसकारण अहिले देशको पहिलो आवश्यकता संविधानसभाको चुनाव हो।
७. नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू कोइराला, देउवा र पौडेलले स्याङ्जा र पोखरामा एकसाथ आएर जे जस्ता अभिव्यक्ति दिए, त्यसले चुनावका लागि तर· उत्पन्न गरेको छ। त्यो एक ठूलो कुरा हो, तर त्यो नै सबै होइन। नेताहरूले चुनावको विरोध गरिरहेका नेकपा-माओवादीलगायतका पार्टीरूसँग वार्ता गरी विरोध कार्यक्रम फिर्ता गराउनुपर्दछ। चुनावको वातावरण तताउनुपर्दछ। भयरहित वातावरण अहिलेको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१