नेपालका परराष्ट्रमन्त्री एनपी साउद नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत र भेटवार्ता गरी अमेरिकातर्फ लागेका थिए । उनले सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेन्ससँग लामो वार्ता गरेको दूताबासले जनाएको छ । तर नेपालको परराष्ट्र मन्त्रालयले भने त्यस सम्बन्धमा यी पंक्ति लेखिँदासम्म कुनै जानकारी दिएको छैन । त्यस्तो दुई देशका उच्चस्तरीय वार्तामा एक पक्षले वार्ताको विवरण सार्वजनिक गर्ने र अर्काे पक्षले केही उल्लेख नगर्दा त्यसले अनावश्यक भ्रम उत्पन्न गर्ने सम्भावना हुन्छ । त्यसमा पनि अहिले हामीले संवेदनशील अवस्थामा छौं । यस्तो अवस्थामा कसले के कुरा गर्दछ र कसरी गर्दछ, ती सबैको महत्व हुन्छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन (एमससिसी) लाई अनुमोदन गर्ने बेलामा धेरै भ्रम फैलिएको थियो र विवाद बढेको थियो । जति समय बित्दै गयो उति नै भ्रम हट्दै गएको छ भने विवाद पनि मत्थर हुँदै गएको छ । तैपनि उत्तेजनाको स्वर अझै शान्त भएको छैन । त्यसरी उत्तेजित हुनु नेपाललाई अमेरिकाले घुमाई फिराई आफ्ना सुरक्षा घेरामा राख्ला कि भनेर हो । एमसिसीको सम्बन्धमा एउटा अध्याय समाप्त भएको छ । त्यसलाई नेपाली संसदले अनुमोदन पनि गरिसकेको छ । त्यो परियोजना कार्यान्वयनमा गएको छ । तर अमेरिकाको इन्डो प्यासिफिक जुन संस्था छ त्यो सोझै सुरक्षा नियकासँग सम्बन्धित छ । त्यो इन्डो प्यासिफिकमा अमेरिकाले नेपालको साथ र सहयोग चाहिरहेको छ र त्यसको लागि त्यसले लामो समयदेखि प्रयास गरिरहेको छ । त्यस देशले त्यसरी प्रयास गरिरहेकाले सरकार त्यस फस्ला कि भन्ने संशय सर्वसाधारणमा छ । अहिले पनि अमेरिका विदेश मन्त्री ब्लिकेन्सले हाम्रा परराष्ट्रमन्त्री साउनसँग त्यो विषय उठाएको प्रष्ट पारेको छ । तर मन्त्री साउदले भने त्यसलाई पन्छाएको जानकारी विज्ञप्तिमा उल्लेख छ । यो जानकारी नेपालको सरकारबाट पनि आउनुपर्दछ भन्नु अन्यथा होइन ।
नेपाल र अमेरिकाको पुरानो सम्बन्ध छ । नेपालको विकासमा त्यसको सहयोग उल्लेखनीय छ । अहिले पनि हामी धेरै सहयोगको अपेक्षा गर्दछौं । तर एउटा महत्वपूर्ण कुरा के हो भने हामी परराष्ट्र नीतिका सम्बन्धमा असंलग्न रहन चाहन्छौँ । कुनै पनि राष्ट्रको सुरक्षा घेरामा हामी रहन चाहँदैनौं । यो नेपालको पहिलेदेखिको प्रतिबद्धता हो, अडान हो । यही हाम्रो विशेषता पनि हो । त्यसो भएकाले कुनै पनि राष्ट्रले आफ्नो सुरक्षा संयन्त्रअन्तर्गत नेपाललाई राख्ने प्रयास गर्नु अनावश्यक उत्तेजना फैलाउनु हुन्छ । अमेरिकी विदेश मन्त्रीले इन्डोप्यासिफिकको कुरा त उठाएछन् तर हाम्रा परराष्ट्र मन्त्री साउदले त्यसको कुनै जवाफ नदिएको कुरा त आएको छ । त्यसलाई प्रष्ट भाषामा इन्कार गर्नु अरु राम्रो हुन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१