हेमजा । अन्नपूर्ण गाउँपालिकाको आव २०८०/०८१ को नीति तथा कार्यक्रम माथि सुझाव संकलन गर्ने क्रम जारी छ ।
जसअन्र्तगत बुधवार पालिकाबाट प्रतिनिधित्व गर्ने पत्रकार तथा कलाकारसँग छलफल चलाइएको छ । छलफलका सहभागीले हरेक हिसावले अन्नपूर्ण गाउँपालिका नमूना बनाउनुपर्ने भन्दै त्यसमा आफूहरुको पनि भूमिका रहने स्पष्ट पारे ।
छलफलमा पत्रकार राजबहादुर गुरुङ, टंक अधिकारी, इन्द्रप्रसाद पौडेल, श्रीभद्र पौडेल कलाकारहरु जीवन दाहाल, अम्बिका भण्डारी, प्रेमराज अधिकारी लगायतले धारणा राखे ।
उनीहरुले पालिकामा सञ्चार माध्ययम खोल्नुपर्ने, स्थानीय पत्रकार र कलाकारको संरक्षण गर्नुपर्ने, प्राकृतिक सौन्दर्यले भरिपूर्ण पालिका समाचारहरु उजागर गर्नुपर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैसँगको सहकार्यमा अन्नपूर्णलाई समृद्ध पालिका बनाउने योजना आफूहरुको रहेको औल्याउँदै मानवीय विकासलाई पनि विकास सम्झिइ नीति ल्याउने स्पष्ट पारे ।केसीले आलोचनामा रमाउने नभई सुझाव दिन अनुरोध पनि गरे ।
अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले स्वागत तथा शिक्षा अधिकृत बलराम भुगाईंले कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१