अन्तरसामुदायिक विद्यालयस्तरीय छात्रछात्रा क्रिकेट सुरु

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८०
cricket.

पोखरा । दोस्रो संस्करणको ब्रेकिङ बाउन्ड्रिज कास्की जिल्लास्तरीय अन्तरसामुदायिक छात्रछात्रा टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउन्डेसन र किडासाको सहयोगमा सुरु प्रतियोगिताको पहिलो खेलमा छात्रतर्फ सिद्ध मावि फलेपाटन र भद्रकाली मावि विजयी भए ।

छात्रातर्फ कालिका मावि, भद्रकाली, त्रिभुवन र जनप्रकास मावि विजयी भएका छन् । छात्रतर्फ सिद्ध माविले कालिकालाई १७ रनले तथा भद्रकालीले शुक्रराज माविलाई ३५ रनले पराजित गरे ।

छात्रातर्फ कालिकाले सिद्धलाई १९ रनले, भद्रकालीले शुक्रराज माविलाई ९ रनले, त्रिभुवन माविले गोगन माविलाई ५ रनले तथा जनप्रकाशले लक्ष्मी माविलाई १० विकेटले पराजित गरेको हो । १२ दिनसम्म चल्ने प्रतियोगिता अमरसिंह र मालेपाटन खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ १६–१६ विद्यालयको सहभागिता छ ।

ग्रासरुटबाटै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजक बाविन कुँवरले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width