पोखरामा मनाइयो तानविनगन दिवस

आदर्श समाज सम्वाददाता
जेठ २५, २०८०
5,8 GR Photo 1

पोखरा ।  ५/८ गोर्खा राइफल्स (सिरमुर) भूपू परिवार पोखराले ७८ औं तानविनगन दिवस मनाएको छ । दोस्रो विश्वयुद्धका क्रममा आफ्नो पल्टनले विजयी प्राप्त गरेको दिनको सम्झनामा उनीहरुको यो दिवस मनाएका हुन् ।

सन् १९४५ जुन ७ मा म्यानमारको तानविनगनमा ५/८ गोर्खा राइफल्स (सिरमुर)ले जापानमाथि विजयी हासिल गरेको थियो । सोही दिनको खुसीयालीमा पोखरामा रहेका सिरमुरका भूपू सैनिकहरु एक ठाउँमा भेला भएको परिवारका वरिष्ठ सल्लाहकार क्या. लालप्रसाद गुरुङले बताए । अग्रजको सम्मानसहित उनीहरुको बहादुरीको सिको गर्दै वीर लाहुरेका सन्तान नेपालमै पनि विभिन्न क्षेत्रमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा ५/८ गोर्खा राइफल्स (सिरमुर) भूपू परिवार पोखराका अध्यक्ष ह.क्या. भुपरजंग गुरुङले आगामी २५ मार्चमा ५/८ गोर्खा राइफल्सका भारतीय भूपू सैनिक नेपाल आउने भएको तयारीमा लाग्न आग्रह गरेका थिए । संस्थाका प्रथम उपाध्यक्ष सु.मेजर धनप्रसाद शर्माले यो दिन पल्टनको गौरवमय इतिहास भएको बताए ।

भूपू परिवारका ९७ वर्षीय ज्येष्ठ नागरिक हवल्दार कुलबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव सु.मे.मानध्वज गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width