पोखरा । सृजना विकास केन्द्रद्वारा स्थापित सृजना बालगृहलाई लायन्स क्लब अफ पोखरा सृजनाले खाद्य सामग्री सहयोग गरेको छ ।
द्वन्द्वपीडित बालबालिकाको लागि २०६४ सालमा स्थापित बालगृहमा क्लबले २ महिनालाई पुग्ने खाद्य सामग्री सहयोग गरेको हो । सो सहयोग क्लबका संस्थापक अध्यक्ष एवं ड्रिस्ट्रिक्ट डिपार्ट प्रमुख बालकृष्ण बरालले हस्तान्तरण गरेका हुन् ।
क्लबले स्थापनाकालदेखि सामाजिक कार्य गर्दै आएकोमा बालगृहलाई सहयोग गर्न पाउँदा गौरव लागेको कार्यक्रम संयोजक दिपक तिमिल्सिनाले बताए ।
क्लब अध्यक्ष जनकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, पूर्व अध्यक्ष विश्व बिजुक्छे, बालगृह संयोजक सोमनाथ बराल, क्लबका पूर्व अध्यक्ष जीवन गोर्खाली, पूर्व अध्यक्ष विष्णु तिमिल्सिना, उपाध्यक्ष उमापति ढकाल लगायतले बोलेका थिए ।
सो अवसरमा केन्द्रद्वारा गत चैतमा सम्पन्न अध्ययन अवलोकनका सहभागीहरुबाट संकलन गरिएको २५ हजार बराबरको सामान भ्रमण कार्यक्रमका संयोजक कृष्णमान ठुसाजुले व्यवस्थापक दिलीप सुवेदी र बाल क्लबका अध्यक्ष मनिता घर्तीलाई हस्तान्तरण गरे ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१