पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । स्रोतबाट नै फोहोर व्यवस्थापन गर्न, प्रत्येक घर र शैक्षिक संस्थाबाट निस्कने फोहरको उचित विसर्जन गर्न सामग्री वितरण गरिएको थियो ।
सहकारीका अध्यक्ष प्रकाश आचार्यले शैक्षिक संस्था र टोल समुदायले फोहोर वर्गीकरण र व्यवस्थापनको दिगो समाधानका अभ्यास गर्न सके ल्यान्डफिल्ड साइट जाने फोहोर ९० प्रतिशत कम हुने बताए ।
कार्यक्रम संयोजक तथा वडा सदस्य रामचन्द्र आचार्यले सामुदायिक शैक्षिक संस्थाका पूर्वाधार विकासमा सहयोग रहने भन्दै ग्रीन भ्याली रिसाइकल सहकारीको फोहोर व्यवस्थापन प्रयासलाई विस्तार गर्ने प्रतिबद्धता जनाए ।
चण्डिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले पोखरा १६ मा वर्गीकृत फोहोर संकलन गर्ने ग्रीन भ्यालीलाई कुहिने र ल्यान्डफिल्ड साइट जाने न्यून फोहोरको ढुवानी जिम्मा पनि दिनसके थप प्रभावकारी हुने धारणा राखे ।
पोखरा १६ जुम्लेटीस्थित शान्ति माविमा भएको कार्यक्रम सञ्चालन शिक्षक शंकर लामिछानेले गरेका थिए ।
कार्यक्रममा सरसफाई तालिम तथा प्रशिक्षणपछि कुहिने, नकुहिने र अन्य फोहोर राख्न पोखरा १६ का सबै सामुदायिक विद्यालयलाई हरियो, रातो र निलो रंगका ३/३ वटा डस्टबिन वितरण गरिएको ग्रिन भ्यालीका व्यवस्थापक गोविन्द आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१