महतगाैंडाको भण्डारी परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ १४, २०८०
bhandari

पोखरा । पोखरा–१७ महतगौंडास्थित भण्डारी परिवारमा शोक परेको छ । समाजसेवी नारायणी भण्डारीको ८९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भयो ।

उनको सीतापाइला घाटमा शुक्रबार नै दाहसंस्कार भएको छ । भण्डारीका ५ छोरा, ३ छोरी तथा नातिनातिना, पनातिपनातिनीहरू छन् ।

जेठा छोरा सूर्यराज भण्डारी राप्रपाका नेता, माहिला छोरा श्यामप्रसाद भण्डारी नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य हुन् ।

साइँला डा. पुष्पराज शर्मा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र काइँला छोरा ऋषिराम शर्मा मनकामना पुस्तक पसलका प्रोपाइटर र कान्छा दीपकराज भण्डारी नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • राम्जा पोखरा समाजमा धनेश्वरी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । राम्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा धनेश्वरी पराजुली निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको नवौं साधारण सभा तथा…
  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…

hero news full width