लेखनाथ । कास्कीका अधिक निर्माणाधीन पुलहरू ठेकेदारले बहाना बनाउँदै काम ढिला गर्ने र सरकार म्याद थप्ने गरेको स्थानीयवासीको गुनासो रहेको छ । पोखराका वडा नंं २९, ३० र ३३ मुसे टुडा पावरहाउस स्थित निर्माणधीन सेती नदीमाथिको पुलको अवस्था पनि यस्तै छ ।
२०७६ पुस ६ मा सम्पन्न भइसक्ने गरी २०७४ साल असार ७ मा सम्झौता भएको भए पनि हालसम्म ६० प्रतिशतमात्र मात्र काम सकिएको छ ।
निर्माण सामग्रीको अभाव, क्रसर उद्योग बन्द हुनु, रड, सिमेन्टको अभाव, सरकारको निर्णय करेर बस्नुपर्ने बाध्याता, वर्षामा नदीको पानीको बहाव, कोरोना महामारी, कामदार अभाव आदि समस्या रहेको पुल निर्माण कम्पनीका ठेकेदार दिवस उप्रेतीले बताए । अधिक पुल निर्माणमा बहाना बनाउँदै, म्याद थप्दै, अभाव र दबाबमा निर्माण गर्नुपरेको ठेकेदार उप्रेती बताउँछन् ।
आगामी चैत मसान्तसम्म कुनै कुराको अभाव र दबाब नभए काम पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको इन्जिनियर आसिक रिजाल बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १६ करोड ५९ लाख लागतमा पुल निर्माणाधीन छ । पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ११ मिटर रहेको छ । भारवहन क्षमता सय टनको हुनेछ ।
पुल निर्माण सरोकार समितिका अध्यक्ष विश्वमोहन पौडेलले तोकिएको समयभित्र सम्पन्न भएको भए बागमारा भञ्ज्याङ क्षेत्रको विकास हुने बताउँछन् ।
पुल निर्माण सरोकार समितिका सदस्य प्रेमराज बसौलाले पुल नजिकै झोलुंगे पुलबाट हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजिकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए ।
पुल निर्माण भए स्थानीयमा आशा जगाउने र स्थानीयवासीको आवतजावत एवं कृषिजन्य उत्पादन बजारमा पु¥याउन सहज हुने र यस क्षेत्रको विकास हुने स्थानीय समाजसेवी विष्णुबहादुर भुजेलले बताए ।
Related News
सम्बन्धित समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु
विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१