पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । बुधबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएपछि पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर ढाकाका तर्फबाट सर्वाेच्चमा रिट परेपछि तत्काल यो विषय यथावत राख्न अन्तरकालीन आदेश जारी भएको थियो । उक्त आदेशसँगै सांसद कंसाकारले सांसदको शपथ गर्न पाएकी थिइनन् ।
गत वैशाख २५ गते न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१