पोखरा । नेपाली फिल्म ‘हल्कारा’ शुक्रबारदेखि देशभर व्यावसायिकरुपमा प्रदर्शनमा आउँदैछ । अन्तर्राष्ट्रिय अवार्डसमेत जितिसकेको ‘हल्कारा’ लाई लिएर फिल्म युनिट भने निकै आशावादी छ । नेपाली समाजको कथाव्यथालाई समेटिएको यो फिल्मले प्रस्तुत गरेको विषय अहिलेसम्म कसैले पनि समेट्न नसकेको निर्माण युनिटको दाबी छ ।
चलचित्र पत्रकार संघ कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण तथा निर्देशक विक्रम सापकोटाले यो घरघरको कथा हो भने । वैदेशिक रोजगारीका लागि जानुपर्ने बाध्यतासँगै धैर्यता र आशालाई कथामार्फत देखाउन खोजेको उनले बताए । ‘देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ,’ उनले भने ।
उनका अनुसार फिल्ममा ९० प्रतिशतभन्दा बढी साउण्ड ओरिजिनल नै राखिएको बताए । संगीतसमेत ओर्जिनल भएको उनको दाबी छ । उनले राम्रो निर्देशकमा सम्पादन गर्ने कला पनि राम्रो हुनुपर्ने बताए ।
पोखरेली महेश त्रिपाठी यो फिल्मका मुख्यनायक हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले लामो समयदेखि आफ्नै गाउँठाउँ र घर फर्किएको अनुभूति भएको बताए । उनी फिल्मबाट निकै आशावादी देखिएका उनले आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको बताए । यसै चलचित्रबाट उनले गत वर्ष ५५ औं वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अन्यको तुलनामा यसर्थ यो फिल्म अचिभमेन्ट प्राप्त गरिसकेपछि हल छिरेको छ । ‘हल्कारा’ को स्क्रिप्ट मन परेर नै आफू अभिनयका लागि तयार भएको भनाइ उनको छ । हरनेपालीको चलचित्र भएकाले पनि दर्शकको साथ मिल्नेमा उनी आशावादी छन् । चलचित्रमा अहिलेसम्म नउठाइएका विषर्य उठाउन खोजिएको दाबी उनले गरे ।
पोखरेली महेश त्रिपाठी अभिनित ‘हल्कारा’ शुक्रबारदेखि रिलिज भएको छ
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवं चलचित्र विकास बोर्डका मिडिया को–अर्डिनेटर जीवन पराजुलीले भने, ‘फिल्मले हाम्रो कथा व्यथा बोकेको छ । यस्तो पनि हुँदो रहेछ भन्ने लाग्छ ।’ आफूले ३ पटक यो फिल्म हेरिसकेको भन्दै उनले अझै पनि हेर्न अल्छी नलाग्ने बताए । चलचित्रको छायांकन, सम्पादनलाई दर्शकले मन पराउने नेपाल चलचित्र विकास बोर्डका मिडिया को–अर्डिनेटरसमेत रहेका पराजुलीको भनाइ छ । ‘हुलाकमा चिठी लेखेर पठाउने मात्रै गरिन्थ्यो तर हल्कारा भन्नाले लेखेको चिठी पढ्ने र त्यसको जवाफ समेत फर्काउने भन्ने बुझिने उनले बताए ।
चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष सुवेदीले गरेका थिए । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवमा समेत स्क्रिनिङ भएको थियो । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ न्यारेटिभ फिल्म बनेको थियो । कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र विनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षत्री लगायतको अभिनय छ । फिल्ममा रामकृष्ण पोखरेलको पनि लगानी छ । ५ वर्षअघि फिल्मको कास्की, तनहुँ र काठमाडौंमा छायांकन भएको थियो । फिल्मको ट्रेलर र टिजर हेरिसकेका दर्शक निकै उत्साहित छन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१