पोखरा। पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणमा ४ विधाको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पत्रकार सम्मेलन गरी वर्ष खेलाडी पुरुष, महिला, उदियमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सूची सार्वजनिक गरेको हो ।
वर्ष खेलाडी पुरुषमा करण केसी (क्रिकेट), गंगाबहादुर कुँवर (आर्चरी) र प्रदीप खड्का (टेनिस) छन् । प्रदीप खड्का पाँचौ संस्करणमा उदियमान खेलाडी विधामा मनोनीत भएकोमा गत संस्करणका वर्ष खेलाडी हुन् । पोखरा पस्र्याङ निवासी खड्काले नवौं राष्ट्रिय खेलकुदमा सिंगल र मिक्स गरी ३ स्वर्ण जितेका थिए ।
वर्ष खेलाडी महिलातर्फ सावित्रा भण्डारी (फुटबल), सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) र रोजिना थापामगर (आर्चरी) परेका छन् ।
उदियमान खेलाडीतर्फ रवि केसी (भलिबल), सुमित श्रेष्ठ (फुटबल) र सुवास भण्डारी (क्रिकेट) छन् । उत्कृष्ट प्रशिक्षकमा किशोरकुमार गुरुङ (आर्चरी), नीरज थापा (लनटेनिस) र सुरज सुनार (आइटिएफ तेक्वान्दो) परेका छन् । कास्कीका नीरज गत संस्करणका अवार्ड विजेता हुन् ।
यसपालि नोमिनेसनमा परेकाहरुमध्ये बागलुङका ५, कास्कीका ४, तनहुँ, स्याङ्जा र लमजुङका १–१ जना छन् । यसपालि मनोनयनमा परेकाहरु वर्षौदेखि तहल्का मच्चाइसकेका खेलाडी पनि छन् । जस्तो क्रिकेटरका अलराउन्डर करण र फुटबलर साम्बा त्यस्तै खेलाडी हुन् ।
विधागत उत्कृष्टलाई २३ वैशाखमा हुने समारोहमा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर, उदियमान र प्रशिक्षकले जनही ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । मञ्चले यसबाहेक वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लब, वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि जनही ३५ हजारसहित पुरस्कृत गर्नेछ । लाइफटाइम अचिभमेन्ट प्राप्त गर्नेलाई चाँदीको करुवासहित ट्रफी दिइनेछ । ती प्रतिभाको नाम मञ्चले सार्वजनिक गरिसकेको छैन । प्रतिभा छनोट समितिको नामसमेत गोप्य राखेको छ ।
खेलाडीको हौसलाका लागि मञ्चले २०७२ सालदेखि स्पोर्टस् अवार्ड गर्दै आएकोमा विगतमा कास्कीमात्र सीमित भएकोमा पछिल्लो समय प्रदेश केन्द्रित छ । पोखरा सभागृहमा हुने कार्यक्रममा आम्दानी ३२ लाख ३५ हजार र खर्च ३५ लाख हुने मञ्चका प्रचार संयोजक राजाराम पौडेलले बताए ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१