१. शहीद सप्ताहको आखिरी दिन आज शहीद दिवस। राणा शासनको विरुद्धमा लागेर प्रजातन्त्रका लागि चार अमर शहीदहरुले आफ्नो ज्यानको बलिदान दिएका थिए। ती चार अमर शहीदमा शुक्रराज शास्त्री, दशरथचन्द्र, धर्मभक्त र गंगालाल श्रेष्ठ थिए। उनीहरूकै सम्झनामा माघ १६ लाई शहीद दिवसका रूपमा मनाउन लागिएको हो।
२. राणा प्रशासनलाई उनीहरुलाई फाँसी दिए पछि देशमा राणा शासनको विरुद्धमा असन्तोष बढेको थियो भने प्रजातन्त्रको लागि वातावरण निर्माण भएको थियो। उनीहरुको सपना देशमा प्रजातन्त्र आओस् र देश सुखी र समृद्धि होस् भन्ने थियो। त्यसको लागि सङ्गठनहरु गोप्यरूपमा गठन गरिए। र, पछि नेपाली काङ्ग्रेसको नेतृत्वमा आन्दोलन भयो र २००७ सालमा प्रजातन्त्रको उदय भयो।
३. २००७ सालमा प्रजातन्त्र आयो तापनि स्थायित्व ग्रहण गर्न सकेन। शासकहरूले बरोबर प्रजातन्त्र हरण गर्ने काम गरे। जसका कारण आजसम्म पनि जनताले अविछिन्न र उन्मुक्त वातावरणमा प्रजातान्त्रिक हक अधिकारको उपभोग गर्न पाएका छैनन्। आज पनि नेपालीहरूले वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानव अधिकारका लागि सङ्र्घर्ष गर्नु परिरहेको छ।
४. यसबीच हामीसँगै स्वतन्त्र भएका छिमेकी देश भारत र चीनले कति उन्नति गरिसके, तर हामी अझै राजनीतिक व्यवस्थाकै लागि आफ्नो अमूल्य साधन श्रोत खर्च गरेर दिन बिताइरहेका छौं। राजनीतिक नेताहरूको स्वार्थ र हठका कारण हामी धेरै पछि परिसकेका छौं। तैपनि नेताहरूले त्यसको केही प्रवाह गरेको पाइँदैन। उनीहरु आफ्नै धुनमा लागिरहेका छन्।
५. नेपालीहरु विकास निर्माणमा मात्र पछि परेका होइनन्। त्यो भन्दा ठूलो कुरा अर्को भएको छ, त्यो हो राष्ट्र र राष्ट्रिय भावना ह्रास हुँदै जानु। राष्ट्र र राष्ट्रियताका लागि चिन्ता गर्ने नेता पाउन दुर्लभ भएको छ। बाहिर राष्ट्र र राष्ट्रियताको लागि चर्को स्वरले बोल्ने नेताहरू भित्र विदेशीको आशिर्वाद थाप्ने गर्दछन्। जसले विदेशीको आशिर्वाद पाउँछ, ऊ बलियो र शक्तिशाली हुने रोग बढेको छ।
६. त्यस्तो हुँदा पनि न त्यसको चिन्ता नेताहरुमा छ, न कि उनीहरूका कार्यकर्तामा नै भएको देखिन्छ। विदेशी हस्तक्षेप चर्को रूपले बढेको छ। त्यसलाई के कसरी रोक्ने भन्नेतिर पनि कोही लागेको पाइँदैन। देश ज्यादै दयनीय अवस्थाबाट गुज्रिरहेको छ। हाम्रा अमर शहीदहरूले यस्तो नेपालको कल्पना कहिल्यै गरेका थिएनन्।
७. शहीदहरूले सुन्दर, शान्त समृद्धि नेपालको सपना देखेका थिए। तर उनीहरूको सपना अनुसारको नेपाल बन्न सकेन। यसबीच शहीदको सङ्ख्या बढेको छ, बढाइएको छ। नेताहरूले शहीदको सपना साकार पार्ने कुरा पनि गर्दछन्, तर त्यसलाई के कसरी साकार पार्ने, त्यो व्यवहारमा लागू गर्दैनन्। जसको परिणाम आज देश अन्यौलमा परेको छ। यिनै कुराका साथ हामी ज्ञात अज्ञात शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१