देशको सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले १४ वर्षपछि यसपटक आफ्नो मातहतका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने निर्णय ग¥यो । त्यो निर्णयअनुसार विश्वविद्यालयले केही क्याम्पसबाहेक अधिकमा निर्वाचन गराएको छ । सम्पन्न भएको निर्वाचनको परिणाम पनि सार्वजनिक भएको छ । निर्वाचनमा मुख्यतया नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा भएको थियो । तिनीहरूको नतिजा पनि मिश्रित किसिमको छ । कतै नेविसंघले जितेको छ भने कतै अनेरास्ववियुले जितेको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्ष नेविसंघका श्यामराज ओझा बने भने सचिव पदमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भए । आइतबार चुनाव हुन नसकेको ठाउँमा पछि चुनाव गरिने विश्वविद्यालयले जनाएको छ । तर कतिपय ठाउँमा स्ववियु चुनाव भन्नै नसुहाउने गरी विवाद भएको थियो र कतै हवाइ फायरसमेत भएको थियो ।
स्ववियु निर्वाचनका क्रममा विश्वविद्यालयका धेरै कुरा बाहिर आए । विश्वविद्यालयको वर्तमान अवस्थाले धेरैलाई चिन्तित पारेको देखियो । विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गएको लामो समयको तालाबन्दी, हड्ताल, तोडफोड, गुण्डागर्दी जस्ता घटना बराबर हुने, शैक्षिक क्यालेन्डरअनुसार पठन–पाठन र प्रशासन चल्न नसकी बेथितिको स्थितिमा पुग्नु दुखको कुरा हो । यतिसम्म कि विश्वविद्यालयले निर्धारित समयमा परीक्षण लिन सकेको छैन भने परीक्षाको नतिजा समयमा निकाल्न सकेको छैन । यी सबै कारणले विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण कम हुँदै गएको छ । अर्थात्, विश्वविद्यालय राजनीतिक भागबण्डाको सिकार भएको छ ।
विद्यालय, विश्वविद्यालयलाई सरस्वतीको मन्दिर मानिन्छ । सरस्वतीका वरद्पुत्र भनिने विद्वानहरू, बुद्धिजीवीहरू र प्राज्ञहरूले त्यहाँ अध्ययन–अध्यापन गर्दछन् । प्राज्ञिक उन्नयनका ठूल्ठूला कुरा हुन्छन् । अध्ययन अनुसन्धानका लागि स्थायी प्रतिष्ठानहरूको त्यहाँ बन्दोबस्त छन् । तर ती सबै भएर पनि विश्वविद्यालयको प्रतिष्ठा घट्दो छ । पदाधिकारीहरू निरीह छन् । तिनीहरूले संस्थाको प्रतिष्ठा बढाउन उल्लेखनीय काम गर्न सकेका छैनन् । तिनीहरूले १४ वर्षपछि स्ववियुको चुनाव गर्ने निर्णय ग¥यो । यो ठूलो कुरा भएको छ । चुनावले स्ववियु पदाधिकारीहरूमाथि जिम्मेवारी थपिएको छ । तिनीहरूले विश्वविद्यालयको बेथिति हटाएर त्यहाँका उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारीले राम्ररी काम गर्ने वातावरण बनाउनु पर्दछ र विश्वविद्यालयलाई प्रतिष्ठित विश्वविश्वविद्यालय बनाउने काममा सघाउ पु¥याउनुपर्छ । त्यसो गर्न सक्यो भने १४ वर्षपछि भएको यो चुनावको महŒव अरु बढ्ने देखिन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१