ह्याण्डबल फाइनल आज

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७९
handball continue

पोखरा । नवौं कास्की कप ह्याण्डबल प्रतियोगिताअन्तर्गत मंगलबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।

छात्रातर्फ पहिलो खेलमा पोखरा एकेडेमीले सहज जीत दर्ता गर्‍यो । पोखरा लनर्स एकेडेमीले वाकओभर दिएसँगै पोखरा एकेडेमी सेमिफाइनल पुगेको हो । अर्को खेलमा साविक विजेता गण्डकी बोर्डिङले ज्ञानज्योति विद्याकुञ्जलाई १०–३ को फराकिलो अन्तले पराजित गरेको छ ।

सिर्जना माविले सरस्वती बोर्डिङलाई ३-१ तथा सरस्वती विद्याआश्रमले इडेन्स स्कुललाई १०-२ को फराकिलो गोलअन्तरले हरायो ।

छात्रतर्फ पहिलो क्वाटरफाइनलमा पोखरा एकेडेमी ‘बि’ ले अल्फा बोर्डिङलाई १०-६ अन्तरले पन्छाउँदा अर्को खेलमा पोखरा एकेडेमी ‘ए’ ले सिर्जना माविमाथि १२-४ को सानदार जीत हासिल ग¥यो ।

गण्डकी बोर्डिङ स्कुलले सरस्वती बोर्डिङलाई १२-४ ले हराउँदा अन्तिम खेलमा ज्ञानज्योतिले सरस्वती विद्याआश्रममाथि १०-८ को जीत हासिल गरी सेफिाइनलमा यात्रा बनायो ।

बुधबार हुने फाइनलमा छात्रतर्फ १३ र छात्रातर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।

छात्र÷छात्रा दुवैतर्फ विजेताले १० हजार र उपविजेताले ५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुनेले ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नवौं कास्की तथा छैटौं एकता कप विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगितामा उत्कृष्ट हुने तथा सर्वाधिक गोलकर्तालाई नगदसहित सम्मान गरिने संघ सचिव टेकबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width