पोखरा । चलचित्र ‘फूलबारी’ का कलाकार प्रचारप्रसारका लागि पोखरा आएका छन् । आगामी फागुन ५ गतेबाट प्रर्दशन हुने चलिचित्रको प्रमोशनका लागि टिम बुटवल हुँदै पोखरा आएको हो ।
चलचित्र टिमले सोमाबार पोखरामा पत्रकार भेटघाट गरेको छ । सो अवसरमा अभिनेता विपीन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा लगायतको टोलीले पोखरामा भएको पत्रकार सम्मेलनमा सहभागिता जनाएर फिल्मबारे जानकारी दिएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’ मा विपीन कार्की र अरुणा कार्की मुख्य भूमिकामा छन् । विपीन र अरुणा दम्पत्तीको भूमिकामा देखिएको फिल्मको ट्रेलरले परिवारको बेमेल र आउने उतारचढावलाई देखाएको कलाकार विपिन कार्कीले बताए ।
यशोदा फिल्मस्को ब्यानरमा बनेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा, किशोर मलपानीको कथा रहेको छ । अमेरिकी छायाँकार जोस हेरमले फिल्म खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१