लमजुङ उदीपुरमा सुख्खा पहिरो

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
Udipur Updet 1

लमजुङ । लमजुङ जिल्ला सदरमुकाम जाने एकमात्र सडक डुम्रे– बेंसीसहर सडकखण्डमा सुख्खा पहिरो गएको छ । सडक खण्डको उदीपुर वन क्षेत्रमा सोमबार मध्यान्ह साढे १२ बजेतिर सुख्खा पहिरो गएपछि केही समय सवारी आवागमन अवरुद्ध भएको थियो ।

३ दिनदेखि खस्न थालेको पहिरो सोमबार मध्यान्ह बढेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय लमजुङ प्रमुख वरिष्ठ सई विष्णु नेपालीले बताए । उनका अनुसार बेंसीसहर १ को उदीपुर बजारसँगै जोडिएको वनमा गत वर्षदेखि पहिरो जान थालेको थियो ।

सई नेपालीका अनुसार अवरुद्ध सडक करिब अढाइ घन्टामा खुलाइएको थियो । सडक खुलाउन भोटेओडार र उदीपुरमा रहेको प्रहरी टोली खटाइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width