१७ औैं सफल पोखरा म्याराथन फागुन ६ गते

आदर्श समाज सम्वाददाता
माघ ९, २०७९
Marathon 2023 Logo

पोखरा । सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने भएको छ । म्याराथन सम्पन्न गर्न आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ उपसमिति बनाएको छ ।

स्वास्थ्यको लागि, पोखराको लागि नाराका साथ १७ औं संस्करण आयोजना गरिएको छ । म्याराथन मोफोसलको सबैभन्दा ठूलो भएकाले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ ।

म्याराथनले यसै वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसियसन अफ इन्टरन्यासनल म्याराथन एन्ड डिस्टेन्स रेर्सस् (एम्स) मा दर्ता भई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । जसका कारण सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका रुटसमेत एम्सबाट प्रमाणीकरण भएको आयोजकले जनाएको छ ।

म्याराथनलाई विशेष बनाउन म्याराथन र महिला हाफ म्याराथनका सहभागीलाई चिप्सको प्रयोग गरिने भएको छ जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार नगद पुरस्कारको घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीलाई प्रोत्साहन स्वरुप छुट्टै पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

महिला हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र÷छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ ।
यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठाान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै शारीरिक तन्दुरुस्ती र पौैष्टिकतासँग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ । म्याराथनलाई सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वास कायम राख्दै पोखरावासीको मन जित्न सफल म्याराथनमा सहयात्रा गर्न पाएकोमा गौरव महसुस भएको कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width