हेमजा । टीकाराम बास्तोलाको स्मृतिमा हेमजा साहित्य प्रतिष्ठानद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा गौरीशंकर बहुमुखी क्याम्पसकी मनिता श्रीपाली प्रथम भएकी छन् ।
‘नौतिक शिक्षा आजको आवश्यकता’ विषयक प्रतियोगितामा धवलागिरी बोर्डिङ स्कुलका अभिष अधिकारी द्वितीय, गौरीशंकर माविकी वीनिता भुजेल तृतीय साथै गौरीशंकर माविकै दमयन्ती तामाङ सान्त्वना हुन सफल भइन् ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले हेमजा साहित्य प्रतिष्ठानले रचनात्मक क्रियाकलापलाई महत्व दिंदै आएको उल्लेख गर्दै विद्यार्थी जीवनमा अनुशासनको महत्व अधिक रहने औंल्याइन् ।
टीकाराम बास्तोला स्मृति कोषका संस्थापक डा. दिनेश बास्तोलाले प्रतिष्ठानले आफ्ना बुबाको स्मृतिमा प्रतियोगिता गरेकोमा खुसी व्यक्त गर्दै जुनसुकै माध्ययमबाट भए पनि विद्यार्थीले प्रतिभा प्रस्फुटन गराउन पाउनुपर्ने बताए ।
कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेलले साहित्यले नै समाजलाई निर्देशित गर्ने औंल्याए ।
प्रतिष्ठान अध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा भएको उक्त प्रतियोगिता सचिव सुनिल गायकले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१