पोखरा । पोखरा–५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारीले १६ औं स्थापना दिवस विविध सामाजिक कार्यसहित मनाएको छ ।
पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले धर्मस्थली सहकारी अगाडि निर्माण गरिएको २ वटा चौतारी उद्घाटन गरे । धर्मस्थली सहकारी, हरिप्रसाद पराजुलीद्वारा स्थापित भोजराज यमकला पराजुली स्मृति कोष र संस्थाका कर्मचारी सविता भटृराई अधिकारीको विशेष सहयोगमा ५५ हजार लागतमा चौतारी निर्माण गरिएको हो ।
पूर्व अध्यक्ष कृष्णमणि भुत्र्यालद्वारा स्थापित चन्द्ररत्न स्मृति ट्रस्टबाट वाराही माविका कक्षा १२ मा अध्ययनरत विक्रम विक, छात्रा एलिसा पौडेल, धर्मस्थली आधारभूत विद्यालयका कक्षा ५ की छात्रा भूमिसा मगर तथा कक्षा ७ का छात्र सक्सेस तिमिल्सिनालाई १० हजार बराबरको गरिब तथा जेहन्दार छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै सोकृति कोइरालाद्वारा स्थापित सोकृती छात्रावृत्ति कोषबाट धर्मस्थली आधारभूत विद्यालयकी छात्रा रितिशा अधिकारीलाई २ हजार ५ सय बराबरको छात्रावृत्ति उपलब्ध गराइएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमद्वारा स्थापित चन्द्रकान्त गौतम स्मृति कोषबाट पोखरा–५ पस्र्याङस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई १० हजार नगद सहयोग गरिएको छ ।
कार्यक्रममा शिक्षाविद् एवं संस्थाका पूर्व सल्लाहकार हेरम्बप्रसाद कोइराला, संस्थापक अध्यक्ष कृष्णमणि भूत्र्याल, पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विक र सल्लाहकार तथा व्यवसायी पुरुषोत्तमप्रसाद पराजुलीले बोलेका थिए ।
संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक कृष्णप्रसाद पराजुलीले स्वागत तथा सचिव कृष्णप्रसाद कोइरालाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१