५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप   

आदर्श समाज सम्वाददाता
पौष २२, २०७९
Nepal-Rastra-Bank

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।    नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । रासस

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रीन बैंकको वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…

hero news full width