मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनाव विगतका चुनावभन्दा केही फरक र बेग्लै देखिन थालेको छ । यो पटकको चुनावमा युवाहरुको धेरै खोजी भएको छ । शीर्ष नेताहरुले आफ्नो पार्टीमा युवालाई के–कति स्थान दिए त्यसबारे निकै सोधखोज भएको छ । युवाप्रतिको विश्वास बढेको छ । राजनीतिमा युवालाई अगाडि बढाउनु पर्दछ, आवाज चर्को हुँदै छ । चुनावमा यत्तिको चर्चा यस अघि भएको थिएन । केही महिना पहिले महिलाहरुले प्रत्यक्ष निर्वाचनमा पनि आफूहरुलाई ३३ प्रतिशत मागको माग गरेका थिए । तर निर्वाचन नजिक आएपछि त्यो आवाज सेलाएर गयो । यस पटकको निर्वाचनको अर्को विशेषता के रह्यो भने यस पटक भारतले हडपेर राखेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठेको छ र त्यसलाई फिर्ता ल्याउन प्रतिबद्धता व्यक्त भएको छ ।
नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराको ३ सय ८५ वर्ग किलोमिटरको भूभाग भारतले विगत ६ दशकदेखि अतिक्रमण गरेको छ । सामरिक महत्वको भूभाग भनेर भारत र चीनको १९६२ सालमा भएको युद्धको बेला भारतीय सुरक्षा बल त्यहाँ आएर बसेको थियो । त्यसबेला बसेको त्यो सुरक्षा बल अझै हटेर गएन । २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा भारत र चीनले नेपालको लिपुलेकलाई तिनीहरुले नेपालसँग नसोधी व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने उल्लेख छ । त्यसलाई सुशील कोइराला प्रधानमन्त्री हुँदा विरोध गरेको थियो । त्यसपछि भारतका रक्षामन्त्री राजनाथ सिंहले त्यहाँ जाने बाटोको उद्घाटन गरेपछि नेपालले त्यहाँ दृष्टि दिन थाल्यो । भारतले त्यो क्षेत्रलाई आफ्नो भनेर नक्सा जारी गरेपछि नेपालमा त्यसको घोर विरोध भयो र नेपालले पनि ती क्षेत्र समेटेर नक्सा जारी गर्नु पर्ने आवाज आयो र सबैको आवाजको कदर गरेर प्रधानमन्त्री केपी ओलीको सरकारले पनि संसदबाट पारित गरेर नयाँ नक्सा जारी ग¥यो । जसलाई बोलचालीको भाषामा चुच्चे नक्सा भन्ने गरिएको छ ।
अहिले त्यही चुच्चे नक्साले चर्चेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फर्काउनुपर्ने माग जनतामा बढेको छ । जनभावनाको कदर गरे एमाले र सरकारमा गठबन्धन गरी बसेका पार्टीहरुले त्यो भूभाग भारतसँग वार्ता गरेर फर्काउने विषयलाई आफ्नो प्रतिबद्धताको रुपमा लिएका छन् । पार्टीहरुले त्यो भूभाग फर्काउने चासो देखाउनु र प्रतिबद्धता जनाउनु खुसीको कुरा हो । त्यो एउटा जागरण पनि हो । त्यो जागरणलाई निर्वाचनपछि बन्ने सरकारले जारी राख्नु पर्दछ र अहिले प्रतिबद्धता जनाएअनुसार भारतसँग वार्ता गरेर गुमेको भूभाग फर्काउनु पर्दछ । त्यस कार्यमा सरकारमा पुग्न नसकेका पार्टीहरुले पनि पूर्ण साथ दिएर सहयोग गर्नु पर्दछ । राष्ट्रिय एकता देखाउनु पर्दछ र त्यसलाई निरन्तरता दिनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१