पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा मंगलबार उक्त वडामा डेंगु रोगसम्बन्धी अभिमुखी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा टोल विकास संस्था र आमा समूहका प्रतिनिधि, स्वयंसेवीकाहरु र स्थानीयले भाग लिएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । गण्डकी स्वाथ्य निर्देशनलयका कर्मचारीले उक्त अवसरमा डेंगुको रोकथाम र उपचारका बारेमा अवगत गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापन तथा स्वास्थ्य महाशाखा गण्डकीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागी वडा कार्यालयदेखि आयोजना गरिएको र्यालीमा भाग लिई स्थानीय शितलादेवी मन्दिरको परिक्रमा गरी पुनः वडा कार्यालय आइपुगेका थिए ।
देशव्यापी रुपमा डेंगु रोगको प्रकोपले तीव्रता पाएपछि जनसमुदायलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष बास्तोलाले अवगत गराए । उनले आफ्नो घर वरपर र लामखुट्टेले फूल पार्न सक्ने पानी जमेका स्थान सफा राख्न पनि वडावासीसँग आव्हान गरेका छन् । पोथी लामखुट्टेको टोकाईबाट डेंगु रोग सर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१