महिला सीप विकासको सभा

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
mahila sip

पोखरा । महिला सीप विकास संस्था र महिला सीप विकास बचत तथा ऋण सहकारीले संयुक्त कार्यक्रम गरेको छ । संस्थाको २६ औं साधारणसभा र सहकारीको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले हस्तकला उद्यमीलाई सधैं अघि बढ्न विभिन्न उदाहरणसहित प्रेरणा दिएका थिए । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै उनले सामान्य नागरिकले पनि न्युनतम कानुन ज्ञान राख्नु पर्ने बताए ।

कार्यक्रममा संचय बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष नारायण कार्की, गैसस महासंघ कास्की अध्यक्ष बुद्धिबहादुर थापा, कास्की पोखरा हस्तकला संघका उपाध्यक्ष सीता गुरुङ, लिबर्ड पोखराका पूर्व अध्यक्ष कृष्णप्रसाद बराल, चिल्ड्रेन नेपाल पोखराका कार्यकारी निर्देशक डिल्ली शर्माले बोलेका थिए ।

संस्थामा लामो समय कार्यसमितिमा रही योगदान पुर्‍याउने ८ जना दिदीबहिनीलाई सम्मान गरिएको थियो भने सहकारी संस्थातर्फ असल बचतकर्ता, असल करोबारी २ जनालाई सम्मान गरिएको थियो । संस्थामा आवद्ध दिदीबहिनीका ७ छोराछोरीलाई प्लस टु तथा सोभन्दा माथि उत्कृष्ट अंक ल्याई उत्तीर्णलाई पुरस्कृत गरियो । उद्घाटन सत्रको संचालन मीना खड्काले गरेकी थिइन् भने बन्दसत्रको सहकारीका सचिव शुभद्रा थापाले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाको प्रतिवेदन सचिव शुभद्रा थापा, कोषाध्यक्षको प्रतिवेदन सीतादेवी पौडेल थापाले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक सूर्यकुमारी पाण्डेले गरेका थिए । उद्घाटन सत्रको समापन संस्थाका अध्यक्ष देवी गुरुङले गरेकी थिइन् भने बन्दसत्रको समापन सहकारीका अध्यक्ष रामकली खड्काले गरेकी थिइन् । संस्थाका सल्लाहकार विष्णुप्रसाद बरालले समेत कार्यक्रम संचालनमा सहयोग पु¥याएका थिए । अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width