पोखरा, २२ साउन । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्द पराजुलीले वर्षातको समयमा खुडेपोखरी आसपास क्षेत्रमा हुने गरेको डुवान नियन्त्रण गरिने बताएका छन् ।
पोखरा ५ धारापानी मार्गस्थित नमुना मिलन टोल विकास संस्थाको शनिबार दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पराजुलीले त्यस्तो बताएका हुन् ।
उनले त्यसका लागि पोखरा १८ सँग पनि सहकार्य गरिने स्पष्ट पारे । वडा खुडेपोखरीको संरक्षण गर्दै सो क्षेत्रको पानी सहजरुपमा बुलौदीसम्म पुर्याउने गरी गुरुयोजना निर्माण गर्ने अन्तिम तयारी रहेको जानकारी दिंदै पराजुलीले केही वर्षमै पूर्णरुपमा डुवान नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।
पराजुलीले उज्यालो वडाको अभियानअन्तर्गत आवश्यक ठाउँमा सडक बत्ती र सिसी क्यामेरा जडान कार्य वडाले अगाडि सार्न लागेको भन्दै त्यसमा सघाउन स्थानीयसँग आग्रह गरे । कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले टोल विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना भएकोमा खुशी व्यक्त गर्दै भौतिक विकाससँगै अव मानवीय विकासलाई पनि ध्यान दिइने बताइन् ।
संस्थाका अध्यक्ष सुरज पौडेलले टोल विकासमा लागि व्यक्तिगत स्वार्थ त्यागी सामूहिक भलाइमा जोड दिनुपर्ने बताए । कार्यक्रममा जनहित महिला समूहकी निवर्तमान अध्यक्ष आशमाया विक, समाजसेवी वसन्तराज अधिकारी, धारापानी टोल विकास संस्थाका अध्यक्ष धनञ्जय पौडेल लगायतले टोलमा बढ्दो आत्महत्या कम गर्न सबै सचेत हुनुपर्ने औँल्याए ।
अधिवेशनले भुवानीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समिति उपाध्यक्षमा शान्ति भण्डारी र एकनारायण गिरी, सचिवमा राधाकृष्ण रिजाल, सहसचिवमा नवीन दाहाल, कोषाध्यक्षमा दिनेश शर्मा छन् । सदस्यमा शारादा मल्ल, धर्मदत्त दाहाल, कृष्णप्रसाद भण्डारी, विष्णुमाया पराजुली, गंगाबहादुर नेपाली, हरमाया भट्टराई र शुकराम विक छन् ।त्यस्तै कपिलमणि दाहाल, सुरज पौडेल, केशव भण्डारी, टंकप्रसाद पराजुली, हरिमाया विश्वकर्मा र सन्तोषी ढकाललाई सल्लाहकारको जिम्मेवारी दिइयो ।
सुरज पौडेलले अध्यक्षको, राधाकृष्ण रिजालले सचिवको तथा एकनारायण भण्डारी (केशव) ले कोषाध्यक्षको प्रतिवेदन पेश गरेकोमा छलफलसहित सर्वसम्मत् पारित भएको थियो । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रिजालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१