पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
tamu dhi

पोखरा । छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ लाई तमु धिं युकेले १ लाख सहयोग गरेको छ ।

तमु धिं युकेबाट प्राप्त उक्त रकम संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरेका हुन् । समारोहमा मञ्च अध्यक्ष एवं मूल आयोजक समिति संयोजक दीननाथ बराल, सहसंयोजक सुरज श्रेष्ठ, अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठक, सहसंयोजक सुदर्शन रञ्जितको सहभागिता थियो ।

तम धिं युकेले पोखरा स्पोर्टस अवार्ड सफल बनाउन गरेको सहयोगप्रति अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकले आभार व्यक्त गरे ।

यसैबीच, अवार्डको होटल पार्टरनमा होटल पोवा, लेकसाइड रहेको छ । होटलका प्रमुख परिचालन अधिकारी कृष्ण गौतम र खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अवार्डले गण्डकी प्रदेशको खेलसहित पर्यटन प्रवद्र्धन हुने भएकोले साथ दिएको गौतमले बताए । होटल पौवाको पोखरामा बिस्तारित ११ औं शाखा हो ।

मञ्चले असार १८ मा विभिन्न ७ विधामा अवार्ड वितरण गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width