पोखरा । कास्कीकी ५० वर्षीया सरिता (नाम परिवर्तन) को मिर्गौलामा समस्या देखियो । ५ वर्षअघि देखिएको सो समस्या समयक्रमसँगै बल्झिदै गएपछि डायलाइसिस नै गर्नुपर्ने भयो । उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनी धाउन थालिन् ।
४÷५ वर्षसम्म निरन्तर डायलाइसिस गराउँदै आएकी उनलाई मिर्गौला प्रत्यारोपण (ट्रान्सप्लान्ट) का लागि पतिले नै सहयोग गर्ने भए । तर पोखरामा मिर्गौला प्रत्यारोपण सविधा थिएन । काठमाडौं लगायत विदेश जानुपर्ने बाध्यता थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै चिकित्सकले पनि उनीहरुलाई उतै काठमाडौं जान सुझाए ।
सरिता दम्पती काठमाडौं धाएकै बखत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पनि मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी थाल्यो । अस्पतालमै डायलासिस गराएका उनीहरुलाई यो खबर प्रशासनले सुनायो । पोखरामै हुने सेवा लिन उनीहरु राजी भए र आतुर पनि ।
१ वर्षदेखि मिर्गौला ट्रान्सप्लान्ट सेवा दिनेबारे तयारी थालेको अस्तालले सरिताका पतिको मिर्गौला ट्रान्सप्लान्ट गर्ने भयो । यसरी लामो समयको तयारीपछि अस्पतालले पहिलो पटक मिर्गौला ट्रान्सप्लान्टमा सफलता हासिल गरेको छ । मिर्गौला प्रत्यारोपणपछि सरिता दम्पती पनि निकै खुसी छन् । योसँगै अब मिर्गौलाका अन्य बिरामी अन्यत्र जानु पर्ने छैन ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपणको सफल उपचार
गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रयारोपण केन्द्र र प्रतिष्ठानको सहकार्य रहेको छ । केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा. प्रकाश क्षत्रीसहितको टिमले बिहीबार करिब ४ घण्टाको समय लगाएर ती महिलामा ५१ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए । ‘यो कामको सुरुआत म आएदेखि नै सुरु गर्ने भनेर लागेको थिएँ,’ उनले भने, ‘लामो प्रयासपछि आज सफल भयो ।’ प्रत्यारोपण गरिएकी ती महिलाको स्वास्थ्य राम्रो रहेको र अब ५÷६ दिन रेस्ट गरेर घर फर्किने प्राडा खत्रीले जानकारी दिए ।
मिर्गौला ट्रान्सप्लान्ट सेवा सुरु भएपछि डायलाइसिस गर्ने बिरामी घट्ने उनको अनुमान छ । पोखरामा दैनिक डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामी ५ सय बढी छन् । पोेखरामा नै किड्नी ट्रान्सप्लान्ट हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा सो सेवा बढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ ।
‘गण्डकी प्रदेशमा अहिले करिब ५ सय जति डायलासिस गराउने बिरामी छन्,’ प्राडा खत्रीले भने, ‘हामी कहाँ दैनिक ३० जनाले गरिरहेका छन् तर डायइलासिस गर्न कुर्नेहरुको समय नै ६ महिना छ ।’
यहाँ मिर्गौला प्रत्यारोपण सफल भएपछि यसलाई अझ प्रभावकारीरुपमा अघि बढाउने योजना रहेको उनले सुनाए । ‘अहिलेको सर्जिकल टिम धर्मभक्त राष्ट्रिय प्रयारोपण केन्द्रबाट आउनुभएको थियो हाम्रो डाक्टरहरु पनि संलग्न हुनुभयो,’ उनले भने, ‘अहिले मेन (मुख्य) सहयोग उहाँहरुको भयो, अब बिस्तारै उहाँहरुको सहयोग घटाउँदै लैजाने, हाम्रो सेवा बढाउँदै जाने गरेर आफै गर्न सक्ने अवस्थामा पुग्ने हो ।’
उपचार खर्च ५ देखि ६ लाख रुपैयाँ लाग्ने भएकाले तत्कालका लागि अस्पतालले व्यहोरेको प्राडा खत्रीले जानकारी दिए । ‘प्रत्यारोपण गर्दा ५ देखि ६ लाख आवश्यक पर्छ । अहिलेलाई हामीले नै गरेका छौं,’ उनले भने, ‘पछि नेपाल सरकारलाई अनुरोध गरेपछि विपन्न नागरिकअन्तर्गत आउने पैसाबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१