पोखरा । युग सुहाउँदो प्रविधिमैत्री र अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो । कार्यक्रमहरुमा यस विषयले स्थान पाउँछ, तर व्यवहारमा भने पूर्णरुपमा प्रयोग हुन सकेको छैन । विश्वविद्यालय तहमा पढाउने प्राध्यापकहरुको पनि यस्तै आवाज आउँछ । तर उनी प्राध्यापकहरु प्रविधिमैत्री हुन सकेका छैनन् । न त उनीहरुले अनुसन्धानमा नै क्रियाशील छन् ।
नेपाल प्राध्यापक संघले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पोखरामा यी र यस्तै विषयमा ३ दिने गोष्ठी गरेको छ । डिजिटल ट्रान्सफर्मेसन इन इजुकेसन, नेपालमा उच्च शिक्षा शिक्षा तथा सामुदायिक क्याम्पसको अवस्था र चुनौती विषयक गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरे ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रतिस्पर्धामा उत्रन सक्ने र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने बताए । सरकारी विश्वविद्यालयमा शिक्षाको गुणस्तर अब्बल हुनुपर्नेमा त्यसो नभएकोप्रति इंगित गर्दै किन यसो भइरहेको छ त्यसको खोजी हुनुपर्ने उनको भनाइ थियो । सामुदायिक क्याम्पसहरुले भोगको दुखको बारेमा आफू नजिकबाट परिचित रहेको भन्दै अब गण्डकी विश्वविद्यालयमातहत ल्याउन सकिने सम्भाव्यताका बारेमा पनि सोच्न आग्रह गरे । ‘गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना गरेको छ, प्रदेशभरका सामुदायिक विद्यालयहरु अब यसै मातहत पनि ल्याउन सकिन्छ,’ उनले भने । यसै विश्व विद्यालयमातहत इनोभेसन सेन्टर सुरु भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा जोड दिइएको बताए । अहिलेको साक्षरता डिजिटाइजेसनसँग जोडिएको भन्दै अबका स्मार्ट कक्षा कोठामा पढाउनका लागि प्राध्यापकहरुले पनि त्यस अनुसारको तयारी गर्न उनले आग्रह गरे ।
कार्यक्रममा पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमराज अर्यालले प्राध्यापकहरु अनुसन्धान, पहुँच र चिन्तनमा क्रियाशील रहनुपर्ने बताए । शिक्षण पेसामा संलग्न हुनेहरुका लागि उपयुक्त तालिमको अभाव भएको संकेत गर्दैै उनले भने, ‘लोक सेवा आयोगबाट उत्तीर्ण नायव सुब्बाले काम सुरु गर्नु अगाडि ६ महिनाको तालिम गर्छ, तर विश्वविद्यालयमा पढाउने प्राध्यापकका लागि पाठ्यक्रमका बारेमा जानकारी समेत गराइँदैन ।’
नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्धबहादुर थापाले विभिन्न चुनौती झेल्दै प्राध्यापकहरु अगाडि बढिरहेको भन्दै समस्या समाधानका लागि सरकार संवेदनशील हुनुपर्ने भनाइ राखे । विभिन्न तहका सरकारले अनुसन्धान र अध्ययनका लागि प्राध्यापकहरुलाई प्रयोग गर्न पनि उनले आग्रह गरे ।
कालिका बहुमुखी क्याम्पसका पूर्व प्रमुख रवीन्द्रनाथ बास्तोलाले सामुदायिक क्याम्पसहरु अहिले निकै संकटपूर्ण अवस्थाबाट गुज्रेको बताए । उनले भने, ‘उच्च शिक्षा अध्ययन गर्नेमध्ये ३५ प्रतिशत विद्यार्थी सामुदायिक क्याम्पसमा छन्, तर सरकारवालको बेवास्ताका कारण ती क्याम्पसको अवस्था दयनीय छ । उनले भने, ‘न क्याम्पसको स्थायित्व छ, न पढाउने प्राध्यापकको यसमा चासो कसले दिने हो ? उक्त अवसरमा प्राडा. कुसुमाकर न्यौपाने, कमल ढकाल, कृष्णराज अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल प्राध्यापक संघमा रहेका विभिन्न कालखण्डमा काम गर्ने प्राध्यापकहरुलाई उक्त अवसरमा सम्मान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१