पोखरा । पोखराको हेमजामा शनिबारदेखि छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप–२०७९ सुरु भएको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा सुरु प्रतियोगिताको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
उद्घाटनमा हेमजा युनाइटेडले वीरगञ्ज युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हेमजाका लागि सुमन अर्यालले २ र कमल थापामगरले १ गोलको योगदान दिए । वीरगञ्जका लागि कृप चौधरीले गोल फर्काए ।
सुरुआतको ११ औं मिनेटमा सुमनको गोलबाट अग्रता लिएको आयोजकले ३६ औं मिनेटमा कमल थापामगरको गोलबाट अग्रता दोब्बर बनाएको हो । दोस्रो हाफ सुरु भएको ३ मिनेटमै म्यान अफ दि म्याच सुमन अर्यालले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारेका थिए । वीरगञ्जका लागि ८८ औं मिनेटमा कृपले गोल फर्काएका हुन् ।
सुरुवातदेखि नै खेललाई आफ्नो नियन्त्रणमा राखेको हेमजाले सातौं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमनको प्रहारमा वीरगञ्जका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए ।
११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त गर्यो । हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा वीरगञ्जका सिर्जन क्षत्रीको ह्याण्ड भएकोमा पाएको पेनाल्टी सुमनले सदुपयोग गरेका हुन् ।
विजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा घरेलु टिमको विजयी सुरुआत
२७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले वीरगञ्जका कृपालाई डि एरिया नजिकै लडाएपछि वीरगञ्जले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो । निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । ३६ औं मिनेटमा कमलले डि–बक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार वीरगञ्जका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि वीरगञ्ज निकै दबाबमा पर्यो । उसले खेल सकिन केही मिनेटमात्र बाँकी रहँदा ३ ओटा अवसर खेर फाल्यो ।
गौरीशंकर खेलमैदानमा सुरु प्रतियोगितामा विभागीय एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, खुमलटार, कालिका स्पोर्टस् चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक गरी ८ टिमले भाग लिएका छन् । हेमजामा क्लबले फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको हो ।
विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदियमान खेलाडीले जनही २० हजार रकम प्राप्त गर्नेछन् । अनुशासित टिमलाई २५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ । असार ११ सम्म चल्ने प्रतियोगितामा आइतबारको खेल चर्च ब्वाइज क्लब र कालिका स्र्पोटिङ क्लबीच हुनेछ ।
प्रतियोगिता सन्देश दियो : धनराज
मेयर धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्दै हेमजामा खेल पूर्वाधार विकासका लागि छलफल आवश्यक रहेको बताए ।
उनले हेमजाले पोखरा रंगशाला बाहिर पनि ठूला प्रतियोगिता सम्भव भएको सन्देश हेमजा गोल्डकपले दिएको बताए । उनले अब गोल्डकपलाई निरन्तरता दिनसमेत आग्रह गरे । प्रतियोगिता एक पटक गरेर हराउने नभई यसलाई निरन्तरता दिन अनुरोध गर्दै महानगरले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१