पोखरा । पोखरामा लागु औषधविरुद्ध सचेतना अभियान चलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस अवसरमा सो कार्यक्रम गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उक्त अभियानको मुख्य अभियन्तामा र्यापर आशीष राना लाहुरे हुने छन् ।
एसपी थापाका अनुसार मुख्य कार्यक्रम असार ६ गते पोखरा सभागृहमा आयोजना हुनेछ । कार्यक्रममा र्यापर लाहुरेले प्रस्तुतिसँगै आफ्ना अनुभूति सुनाउनेछन् । करिब १० वर्ष लागु औषध सेवन गरेर अहिले छाडेका राना सप्ताहव्यापी यी सबै कार्यक्रममा सहभागी हुनेछन् । उनी लागु पदार्थ सेवनको आरोपमा ५६ दिन जेल बसेर छुटेका थिए ।
पत्रकार सम्मेलनमा रानाले प्रहरीको सकारात्मक व्यवहार लगायत समाज, घर परिवार र आफन्तको सकारात्मक परामर्शका कारण आफू लतबाट उम्किन सफल भएको बताए । अब कहिल्यै लतमा नफस्ने अठोट पनि उनले गरे । ‘लागु औषध सेवन नगर्दा २ महिनासम्म शारीरिकरुपमा केही असजिलो भएको थियो,’ उनले भने, ‘यो सेवन गर्नु गलत बाटो हो । यसले जिन्दगी बिगार्छ भनेर सधंै सचेत हुनु नै पर्दछ । यसमा म दृढ छु ।’
एसपी थापाका अनुसार सप्ताहव्यापी कार्यक्रममा असार ७ गते कास्कीमा रहेका पुनस्र्थापना केन्द्रहरुसँग अन्तक्र्रिया, ८ गते औषधी बिक्रेतासँग छलफल, ९ गते विभिन्न स्कुल र कलेजमा विद्यार्थीसँग सचेतना एवं छलफल, १० गते सञ्चारमाध्यमका विज्ञसँग छलफल, ११ गते समुदायमा भेटघाट र १२ गते अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका अवसरमा पोखरामा साइकल र्याली गरी समापन गरिने छ ।
‘अहिले पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लागुऔषधविरुद्ध मुद्दाका अधिकांश कारोबारी छन्,’ उनले भने, ‘लागुऔषध कारोबारीलाई हदैसम्म कारबाही र अञ्जानमा फसेकालाई परामर्शबाट सुधार गर्ने प्रयास गरिएको छ । आशीष राना पनि यसको उदाहरण हुनुहुन्छ ।’
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१