पोखरा । होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित चैत ३० देखि वैशाख १ गते सम्म महोत्सव आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
महोत्सव लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिडका कारण २ संस्करणको महोत्सव स्थगित गरेपछि नयाँपन दिने उद्देश्यसहित करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो । सिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले थप टेवा पुर्याउने संघका पूर्व अध्यक्ष विकल तुलाचनले बताए । महोत्सवलाई सफल बनाउन संघका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारद्वारा पप कन्र्सटका साथै लोकदोहोरी, हास्यव्यंग्य तथा नृत्य प्रतियोगिता मुख्य आकर्षकका रुपमा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले महोत्सवसँगै भौतिक पूर्वाधारहरुको निर्माणले पोखरा आउने पर्यटकहरुको बसाई लम्ब्याउन सकिने बताए ।
महोत्सवका अवसरमा होटलहरुले ३० प्रतिशत छुटको व्यवस्था गरेको संघका महासचिव एवं प्रचारप्रसार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । योसँग पर्यटनसँग सम्बन्धीत सबै क्षेत्रमा छुट र प्याकेजका कार्यक्रम ल्याउनका लागि छलफल चलिरहेको उनले बताए । महोत्सव सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने संघले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१