पोखरा । चलचित्र पत्रकार जीवन पराजुलीले ‘क्लोज–अप’ पाठकसामु ल्याएका छन् । नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित सो गैरआख्यान पुस्तक काठमाडौंमा हालै आयोजित समारोहमा सार्वजनिक गरिएको थियो ।
फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमालः युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र ः सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका चलचित्रकर्मीको अनुभव, भोगाई र संघर्षलाई समेटिएको लेखक पराजुलीले बताए ।
उनले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवातमात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुरा लेख्न बाँकी नै छ ।’ ठूलोेपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ ।
युरोपका विभिन्न देश र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको लेखक पराजुलीले बताए ।
पुस्तकको अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त विमोचन गरेका थिए ।
कार्यक्रममा निर्देशक राजेन्द्र शलभले ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताए । उनले नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेका लागि उपयोगी हुने धारणा राखे ।
अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् ।
निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज–अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले ‘क्लोज–अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले पुस्तक उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गरे । पुस्तकबारे अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । पुस्तकको मूल्य ५ सय ९९ रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१