पोखरा । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । विजेता धावकले यो वर्ष ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख रुपैयाँ पाउने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।
गत वर्ष विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पाएका थिए । तृतीयलाई ७५ हजार र सान्त्वनास्वरुप चौथोलाई ३० हजार प्रदान गर्ने मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । महिलाको हाफ म्याराथन विजेताका लागि भने पुरस्कारमा बढाइएको छैन । महिलाको सहभागीता रहने हाफ म्याराथन विजेताले १ लाख र उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन् । यस्तै, तृतीयले ५० हजार र सान्त्वनाले १५ हजार पाउनेछन् ।
कोरोनाको जोखिम मध्यनजर गर्दै २ चरणमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको पराजुलीले बताए । सफल पोखरा अन्तर्राष्ट्रिय खुला म्याराथन ४२.१९५ किमी र महिलातर्फको २१ किमी हाफ म्याराथन दौड यही शनिबार हुँदैछ ।
यसैगरी १० किमी महिला पुरुष, विद्यार्थीका लागि ५ किमी छात्रछात्रा तथा दृष्टिविहीन र ह्वीलचियर दौड चैत १२ मा गर्ने निर्णय भएको छ । मञ्च महसचिव कृष्ण तिमिल्सिनाले म्याराथन सफल बनाउन विभिन्न समिति तथा संघसंस्थालाई सहयोगका लागि आग्रह गरे । म्याराथनको कुल खर्च ९३ लाख र आम्दनी १ करोड ५ लाख हुने अनुमान आयोजकले गरेको छ ।
प्रतियोगितामा सहभागी हुन केन्याका धावकले अनलाइनमार्फत नाम दर्ता गरिसकेका छन् । यो वर्ष नेपालका १७ जिल्लाबाट म्याराथनतर्फ १ सय ६२ पुरुष र हाफ म्याराथनमा ३९ महिलागरी २ सय १ जनाले भाग लिन आयोजकले जनाएको छ ।
पोखरेली मञ्च युकेले पोखरा म्याराथनमा पहिलो हुने नेपाली धावकलाई बेलायतको म्याराथनमा सहभागिता गराउने घोषणा गरिसकेको छ भने नेपाल एथलेटिक्स संघले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मान्यता प्रदान गर्दै म्याराथनमा प्रथम हुने धावकलाई १९ औं एशियाली खेलकुदको बन्द प्रशिक्षणमा सहभागिता गराउनेसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राथमिकताका साथ सहभागी गराउने घोषणासमेत यसअघि नै गरिसकेको छ । यसैबीच, पोखरा म्याराथनका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा २ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१