पोखरामा भेट्रान्स फुटबल हुँदै

आदर्श समाज सम्वाददाता
पौष २३, २०७८
bagar bhaikhala 2

पोखरा । बगर भाइखलकको आयोजनामा पोखरामा एट ‘ए’ साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । पोखराको टुँडिखेल मैदानमा पुस २६ देखि १ सम्म रन्जित गुरुङ स्मृति ११ औं संस्करणको बगर बगर भाइखलक एट ‘ए’ साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा देशका विभिन्न सहरका गरी २६ टिमका सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । ४० वर्षभन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगितामा विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।
यसैबीच, संस्थाले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद् महेश गुरुङलाई उद्घाटन समारोहमा सम्मान गर्ने भएको छ ।

युवापुस्तालाई फुटबलप्रति रुचि जगाउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साइड फुटबल प्रतियोगिता गर्दै आएको छ

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्डलई ट्रफीसहित ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई १० र ट्रफी प्रदान गरिनेछ । सेमिफाइनलिस्ट २ टिमले १०/१० हजार पाउने छन् ।
प्रतियोगिता गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्था अध्यक्ष दिलबहादुर गुरुङले बताए । बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतना बढाउँदै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिढीलाई खेलकुदमा अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितालाई स्व. रन्जित गुरुङको परिवारले सातौं संस्करणदेखि निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै बगर भाइ खलक युकेबाट मेडल र ट्रफी सौजन्य हुने गरेको छ । पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, संस्थाका प्रमुख सल्लाहकार दिनेशकुमार श्रेष्ठ र सल्लाहकारद्वय जयराम हमाललगायत उपस्थित थिए ।
१० औं संस्करणको उपाधि मिया सान मिया एफसी वार्यन फेन क्लब नेपाल, काठमाडौंले जितेको थियो ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width