पोखरा । थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीको आयोजनामा पोखरामा प्राथमिक उपचार तालिम भएको छ ।
कम्पनीले काठमाडौं इन्भारोनमेन्टल एजुकेसन प्रोजेक्ट (किप) को सहकार्यमा पाँचदिने वाइल्डरनेस फ्रस्ट एड कोर्ष सञ्चालन गरेको हो । कात्तिक २५ देखि सुरु तालिम सोमबार सकिएको हो । तालिम समापनमा बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले मन्त्रालय सधैं पर्यटन क्षेत्र सँगै रहेको बताए । पर्यटनमा गर्नुपर्ने धेरै भए पनि सीमित स्रोतसाधनले गर्दा ढिला भएको उनको भनाइ थियो । मन्त्रालयले तत्काल पर्यटन मजदुरका लागि राहत प्याकेज र व्यवसायी जीवनरक्षा कोष सुरु गर्न लागेको जानकारी दिए । मन्त्रालयले गर्नुपर्ने काम थ्री सिस्टर्स एडभेन्चरले गरेर मन्त्रालयको भार कम गरेकोमा धन्यवाद दिए ।
सिस्टर्स एडभेन्चरका प्रबन्ध निर्देशक लक्की कार्कीले नेपालको पदयात्रा व्यवसाय मौसममाथि भर पर्ने भएको हुँदा विश्व तापमानको असरले प्रत्यक्ष प्रभावित भएको महसुस गर्नुपरेकाले तालिम आयोजना गरेको बताइन् । तालिमले पदयात्रा, हिमाल आरोहण जस्ता साहसिक व्यवसायहरुमा देखिएको चुनौती चिर्न सहज हुने अपेक्ष गरिन् । तालिमले आपतकालीन घटना तथा दुर्घटनाहरुबाट आफूलाई र आफूसँग गएका सम्पूर्ण टिम सुरक्षित उद्धार गर्न मद्धत पुर्याउने उनले बताइन् ।
कार्यक्रममा थ्री सिस्टर्स फाउण्डेसनका फाउन्डर डिकी कार्की, किपका सिइओ आयन वान, नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, प्रशिक्षक डा. दिलबहादुर गुरुङ र मन कुँवरले सिकेका सीप व्यवहार उतार्न आग्रह गरेका थिए । प्राथमिक उपचार पदयात्रा, हिमाल आरोहणमा मात्र नभएर घर परिवारमा पनि महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१