परासी । नवलपरासी (पश्चिम) प्रहरीले शुक्रबार अवैध भन्सार छली चोरी पैठारीमा संलग्न एक पिकअप र पिकअप चालकसहित २० लाख बढीको सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार अन्दाजी २० लाख २६ हजार ४ सय १० मूल्य बराबरको अवैध मालसामान, खसी, राँगा, भैंसी जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
शुक्रबार बिहान ७ बजे भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १५ लाख १० हजार मूल्य बराबरको खसी १७ जिउ, बागमती प्रदेश ०३–००१ च १२४६ नं.को पिकअप गाडी र पिकअप चालक समेतलाई प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका २, कुडिया स्थितबाट बरामद गरेको छ ।
त्यसैगरी, बिहान साढे ६ बजे भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको पहेंलो तोरीको बीउ ७४ प्याकेट अन्दाजी ८३ हजार २ सय ५० मूल्य बराबरको सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा ७, बुलन्दपुरस्थितबाट बरामद गरेको छ ।
उक्त सामान मोटरसाइकलमा ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखी सामान फाली मानिस मोटरसाइकलसहित भागेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
त्यस्तै, भारतबाट भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको चिनी १ सय ५० केजी र नरिवल ४ केजी अन्दाजी १३ हजार १ सय ६० मूल्य बराबरको इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ३ कुस्माबाट बरामद गरेको छ ।
अवैधरुपमा भन्सार छली भारतबाट नेपालतर्फ पैदल ५ जिउरांगा, १ जिउ भैसी अन्दाजी ४ लाख २० हजार मूल्य बराबरको सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल ७, बुलन्दपुरबाट बरामद गरेको हो ।
उक्त भैंसी तथा राँगा पैदल ल्याउँदै गर्दा प्रहरी टोली भैसी र राँगा छाडी मानिस भागेका थिए । बरामद खसी, भैंसी तथा रांाँ शुक्रबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ ।
Related News
सम्बन्धित समाचार
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१