पोखरा । गुरुङ चलचित्र तमुस्यो मेगा म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा प्रसारण हुने भएको छ । पाइला फिल्मस् प्रालि र मेगा म्याक्स टेलिभिजनबीच भएको सम्झौताअनुसार भदौ ११ गतेदेखि चलचित्र म्याक्स टिभीमा प्रसारण हुने भएको हो । पे–पर–भ्युको आधारमा दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।
कोरोना महामारीले हलहरु बन्द भएको अवस्थामा टिभीमा गुरुङ चलचित्र प्रदर्शन गरेर सबै दर्शकमाझ पुर्याउने काम म्याक्स टिभीले गरेको मेगा म्याक्स टेलिभिजन सञ्चालक मनोज गुरुङले बताए । गत १ साउनमा भोजबहादुर गुरुङ निर्देशित फिल्म मैरिमो म्याक्स च्यानलमा प्रदर्शन भएको थियो । मैरिमो प्रसारण भएपछि आफूहरुमा थप हौसला बढेको बताउँदै अब झोलामा टिकट बोकेर हिँड्ने दिनको अन्त्य हुने धारणा राखे ।
माओत्से तुङ गुरुङले निर्देशन गरेको गुरुङ चलचित्र प्रदीप गुरुङले निर्माण गरेका हुन् । बलबहादुर गुरुङ, सुमित गुरुङ, निकिल गुरुङ, उर्मिला गुरुङ, रोशनी गुरुङ, प्रेमा गुरुङ, रेजिना गुरुङलगायत कलाकार रहेको तमुस्यो पवर्तको चित्रे र कास्कीको केही गाउँहरुमो छायांकन गरिएको छ । एउटा गुरुङ्सेनी (तमुस्यो) ले आफ्नो भेषभूषा, भाषा, संस्कृति, रहनसहन र पहिचानमा रोधींबाट कसरी सुरु गर्छिन् भन्ने देखाउन खोजिएको निर्देशक गुरुङले बताए । चलचित्रमा रोधीं एउटा सिर्जनशील घर हो भन्ने पनि देखाउन खोजिएको गुरुङ बताउँछन् ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
‘मनसरा’ बाट आशावादी मिरुना
बेरोजगार युवाको कथा ‘डिग्री माइला’
सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१