पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई १ बस र ४ वटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गरे ।
प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरलले सरकारको सफलता र असफलताको पहिलो शर्त नै शान्ति सुरक्षा र सुशासन रहेको बताए । उनले भने, ‘यी दुई कुरामा सरकार निर्भर छ, यदि शान्ति सुरक्षा र सुशासन दिन सक्यौं भने समृद्धि प्राप्ति हुन्छ ।’ यसका लागि प्रहरीले चुस्त दुरुस्त सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहे पनि त्यस अनुसारको स्रोत साधन उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै प्रदेश सरकार यसमा सम्वेदनशील रहेको मुख्यमन्त्री पोखरेलले बताए । आफ्नो क्षमता अनुसार प्रदेशले प्रहरीलाई सहयोग गर्दै आएको र यसलाई निरन्तरन्ता दिने उनले जनाए । प्रहरी जति गतिशील रह्यो, उति नै शान्ति सुरक्षा महसुस हुने भएकाले गतिविधि बढाउन पनि उनले आग्रह गरे ।
प्रमुख सचिव डा. दामोदर रेग्मीले कर्मचारी र सुरक्षाकर्मीले प्रवाह गर्ने सेवामा सरकारको सफलता निर्भर हुने भएकाले त्यसै अनुसार अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘राजनीतिक संयन्त्रको सफलता कर्मचारीमा निर्भर हुन्छ ।’ सुरक्षा संयन्त्रका लागि बजेट कम भयो भन्ने गुनासोको सम्बोधन गर्दै उनले यसबारेमा आफूले अर्थमन्त्रालयसँग समन्वय गर्ने बताए ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रहरीका भवन बनाउन, सवारी साधन उपलब्ध गराउन, खाटलगायत आवश्यक सामग्रीका लागि सरकारले लगानी गर्दै आएको बताए । प्रदेश प्रहरी तालिम केन्द्र, प्रहरी अस्पताल निर्माणका लागि रकम उपलब्ध गराएको उनले जानकारी गराए ।
प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले अपुग दरबन्दी, सीमित स्रोत साधनबीच पनि प्रहरीले कार्यसम्पादन गर्दै आएको बताए । प्रदेशभर ७ हजार ४ सय ९४ दरबन्दी भए पनि ५ हजार ७ सय जना कार्यरत रहेको जानकारी उनले गराए । प्रहरीको तल्लो तहका युनिटका लागि भवन, गाडीलगायत अन्य सामग्रीको अभाव रहेको उनले सुनाए । पछिल्लो समयमा अपराधको प्रकृति फेरिएको भन्दै त्यसै अनुसार स्मार्ट पुलिसिङ अवधारणा अनुसार काम गर्न थालिएको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१