दमौली । अविरल वर्षाको कारण गएको पहिरोमा पुरिएर ऋषिङ गाउँपालिका ७ डढीवनमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको वडा सदस्य याम सारु मगरले जानकारी दिईन् । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । वडा सदस्य यामले मगरले भने,‘पहिरो आएसँगै घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पुर्यो, उनले भने ‘श्रीमानले भने भागेर ज्यान बचाउन सफल भए ।’
त्यस्तै पहिराले पुरिएर ऋषिङ गाउँपालिका ८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । गोठमा आएको भल तर्काउने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । उनी गाँउपालिकाका सुरक्षा गार्ड पनि हुन् ।
पहिराले ऋषिङ ७ मा तीन/तीन घर पूर्ण र आंशिक क्षति पुगेको गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
खोलाले बगाएर बेपत्ता
जिल्लाको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् । म्याग्दे खोलाको पक्की पुलबाट तर्ने क्रममा पुल माथिबाट आएको बाढीले बगाएर बेपत्ता भएको तनहुँ प्रशासनले जनाएको छ । उनको खोजी कार्य जारी रहेको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१