पोखरा । प्रदेश सरकार मातहत रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा उच्च क्षमताको अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउन्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो । प्लान्ट स्थापनाका लागि फाउन्डेसनका प्रतिनिधि बेदुराम भुसालसहितको टोली मंगलबार नेपाल आइपुगेको छ । प्लान्टका उपकरणसहित इन्जिनियरको टोली बुधबार अस्पतालमा आइपुग्नेछ । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्विड अक्सिजन उत्पादन हुने अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।
गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग दुई करोड मूल्य बराबरको प्लान्ट जडान हुनेछ । कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रमक तथा सरुवा रोग अस्पताल बनाएएको हो ।
हाल अस्पतालमा ७५ शड्ढया छन् । कोरोना कहरका बीचमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुका साथ अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले बताए ।
अस्पतालका निर्देशक डा. विकास गौचनले फाउन्डेसनको पहलमा स्थापना हुने अक्सिजन प्लान्टले लेखनाथमा रहेका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । गौचनले भने, ‘फाउन्डेसनको पहलमा भएको यो सहयोगले अब लेखनाथमा कोही पनि बिरामी अक्सिजन अभावका कारण ज्यान गुमाउन पर्दैन ।’
फाउन्डेसनमार्फत अस्पतालमा प्लान्ट स्थापनाका लागि निरन्तर पहल गरेका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले प्लान्ट स्थापनापछि कोभिड वा जुनसुकै रोगका बिरामी अब अक्सिजनकै खोजीमा पोखराका अस्पताल चाहार्न नपर्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लेखनाथको अस्पतालमा अक्सिजन प्लान्ट बनेपछि त्यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने बताए । उनले कास्कीका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई पनि उपकरणका हिसाबले सुविधा सम्पन्न बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ ।
मंगलबार प्लान्ट ग्रहण गर्न राजधानी पुगेका उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले पनि एउटा सामान्य स्वास्थ्य सुविधाका लागि स्थापना गरीएको अस्पतालमा १ सय ५० शैयालाई पुग्ने अक्सिजन प्लान्ट स्थापना हुनु गौरवको विषय भएको भन्दै पुरी फाउन्डेसन बेल्जियमसहित सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् । कार्गो विमानमार्फत नेपाल ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादनका लागि कम्तीमा एक साता लाग्ने फाउन्डेसनले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१