पोखरा । महिनादिन पनि नपुगेका शिशु अस्पतालको एउटा कोठामा छन् । बावुआमा अर्कोमा । उनीहरु तिनै जनालाई कोरोना संक्रमण छ । २८ दिनअघि सुत्केरी भएकी कामना छोरालाई दुध खुवाउन कतिकति बेला गए पनि बावु जानबहादुरले अघिलो दिनदेखि छोराको मुख हेर्न पाएका छैनन् ।
कोभिड–१९ संक्रमणका कारण छुट्टाछुट्टै कोठामा राखेर उपचार भइरहेपछि भर्खरै जन्मेको छोराको नियास्रोले बावुआमाको दिन बित्छ । रातमा झस्काउँछ । रोल्पाका जानबहादुर बुढा मगर, उनकी २३ वर्षीया श्रीमती कामना र २८ दिने शिशुमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सुत्केरी वार्डमा दम्पतीलाई एउटा र शिशुलाई अर्को कोठामा अलग–अलग राखेर राखेर उपचार भइरहेको हो ।
‘कहिलेकाहीँ दुध खुवाउन त जान्छु, तर धित मरुञ्जेल काखमा राख्न पाएकी छैन्,’ कामनाले भनिन्, ‘उहाँले झन् हिजोदेखि हेर्न पनि पाउनु भएको छैन ।’
जानबहादुरले छोराको साह्रै याद आउने बताउँछन् । ‘पहिला त औषधी लिएर जाँदा देख्थे,’ जानबहादुरले भने, ‘हिजोदेखि मलाई पनि कोरोना पोजेटिभ देखिएपछि उता गएको छैन ।’
रोल्पाबाट कामकै लागि आएका जानबहादुरको पोखरा सहरमा आफन्त भनेकै श्रीमतीमात्रै हुन् । अनि भर्खरै धर्तीमा पाइला टेकेका छोरा । उनलाई खाना पु¥याइदिनेसम्म मान्छे छैनन् । धन्न यी निमुखालाई अस्पतालले खाना प्रबन्ध मिलाइदिएर सुविस्ता भएको छ । कोरोना देखिनुअघि उनको कोठामा लगेको खाना पु¥याउने टिफिन, हटकेस, थर्मस, घ्यूका बट्टा र केही पानी खाने बोतल मात्र छन् । खानालाई त उनलाई कुनै सुर्ता छैन तर सुत्केरीलाई खुवाउने घ्यू सकिएपछि कस्ले ल्याइदिएला भन्ने पिरलो थियो । ‘खाना त अस्पतालले दिएको छ,’ उनले भने, ‘भर्खरकी सुत्केरीलाई खुवाउने घ्यू सकिएपछि के गर्ने, उनी साह्रै कमजोर भएकी छिन् ।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सुत्केरी वार्डमा दम्पतीलाई एउटा र शिशुलाई अर्को कोठामा अलग–अलग राखेर राखेर उपचार भइरहेको छ ।
मणिपाल शिक्षण अस्पतालमा जन्मिएका छोरामा २१ दिनमा कोरोना देखियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो घटनाले बुढा मगर दम्पतीको अर्को बज्रपात आइप¥यो । मणिपालले ९० हजार धरौटी र दैनिक २२ देखि २८ हजारसम्म खर्च लाग्ने सुनायो । मजदुरी गरेर कमाएको पैसा मणिपालमै सुत्केरी गराउँदा र स्याहार सुसारमा सकिसकेको थियो । खल्तीमा भएको केही हजारले पार नलाग्ने देखेपछि त्यो बेला नै अस्पतालमा हारगुहार गरेका थिए ।
मणिपालबाट पैसा जम्मा गर्ने तपाईको समस्या हो, भए भर्ना लिन्छौं नभए केही गर्न नसक्ने जवाफ आएपछि झनै निराश थिए । त्यही बेला आफ्ना ठेकदारले गण्डकी अस्पतालमा बेड खाली भएको सुनाएपछि उनले त्यतै बाटो सोझ्याए । उनी गत बिहीबारदेखि गण्डकीमै छन् । मणिपालभन्दा गण्डकीमा धेरै सहज भएको उनी सुनाउँछन् । ‘यहाँ आएर एक पैसा पनि तिर्न परेको छैन,’ उनले राहत महसुस गरे ।
पश्चिमाञ्चलमा आएपछि उनी छोराको रेखदेखमा तल्लिन थिए । अस्पतालबाट शिशुलाई पोजेटिभ देखिएकोले बावुआमाको समेत पिसिआर चेक गर्न अस्पतालको सुझाव आयो । स्वाब दिए । बिहीबार दुवैको रिपोर्टमा पोजेटिभ देखियो ।
छोरालाई निको हुँदै थियो तर आफूहरु दुवैमा कोरोना पाजेटिभ भएपछि उनीहरु झन् चिन्तामा छन् । छोरा भेट्न नपाउनुको पीडा एकातिर छ, आफूहरुभन्दा पहिला छोरा सन्चो भएमा कस्ले हेरिदिन्छ भन्ने अर्को पिर ।
दम्पतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले जनाएका छन् । डिस्चार्जछि खर्च कसरी धान्ने भन्ने भनेर दुखेसो गर्छन्, जानबहादुर । ‘हामी दुवै जनाको अवस्था सामान्य नै छ । कोरोना त जसरी पनि जित्छौं,’ जानबहादुर भने, ‘यहाँबाट निस्केपछि खर्च कसरी धान्ने, २ महिना भयो कोठा भाडा नतिरेको ।’ उनले काम नपाएको २ महिनाभन्दा बढी भएकोे थियो । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि सरकारले निषेधाज्ञा गरेपछि उनको रोजीरोटी खोसियो । ज्यालामा गएका उनले दैनिक १ हजार लिएर आउँथे । त्यहीबाट बिहानबेलुकी छाक टार्नेदेखि आफ्नो र श्रीमतीको खर्च धान्ने गर्थे । कोरोनाले हुँदा खादाको घर बनाउने काम पनि नियमित हुन छाड्यो । ‘जम्मा गरेको पैसा मणिपालमा उपचार गर्दैमा सकियो,’ उनले भने,’ अब घरभाडा कसरी हो, अरु खर्च पनि कसरी चलाउने?’ गण्डकी अस्पतालले गरिब भए पनि धेरै सहयोग गरेको उनले बताए ।
यता, गण्डकी अस्पतालका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले कोभिड पोजेटिभ देखिएका बच्चाहरुका लागि अस्पतालमा निःशुल्क उपचार हुने बताउँछन् । बच्चाका लागि निशुल्क भए पनि बावुआमाका लागि खानाका लागि अरु ठाउँबाट नै व्यवस्थापन गरिएको डा. बास्तोलाले जानकारी दिए । ‘बच्चाका लागि सबै फ्रि नै हो, आमाबुवाका लागि खाना आफँैले व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुको केसमा नसक्ने अवस्था भएका कारण न्यूट्रेसन रिह्याबिलिटेसन होममा भनेर खानाको प्रबन्ध मिलाएका छौं ।’
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१