हेमजा । हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा राष्ट्रिय बाल प्रतिभा भर्चुअल काव्य गोष्ठी भएको छ ।
कार्यक्रममा सर्जक रमेशचन्द्र घिमिरेले बालबालिकाले प्रौढ सिर्जना सुनाएको उल्लेख गर्दै उनीहरुको भविष्य उज्ज्वल रहेको बताए । कार्यक्रममा ७ प्रदेशबाट १४ विद्यार्थीले कविता प्रस्तुत गरेका थिए ।
प्रदेश १ को मोरङका वेदान्ती सापकोटा र प्रशंसा कट्टेल, प्रदेश २ बाट बाराका प्रनिसा तिमिल्सिना र अनुजा खतिवडा, बागमती प्रदेशबाट नुवाकोटका सुविन रिमाल र ललितपुरकी लक्ष्मी बजगाईं, गण्डकी प्रदेशको लमजुङबाट विवश पौडेल र कास्कीकी आर्या त्रिपाठी, लुम्बिनी प्रदेशबाट कपिलवस्तुका जोशिका कँडेल र सुफल खराल, कर्णाली प्रदेशबाट सुर्खेतकी समीक्षा नेपाल र अर्जुन आचार्य तथा सुदुरपश्चिम प्रदेशबाट कैलालीका प्रशान्त स्वाँर र खुसी बम सहभागी थिए ।
२५६५ औं बुद्ध जयन्तीका सन्दर्भमा आयोजित उक्त कार्यक्रममा कक्षा ३ देखि १२ सम्मका बालबालिकाले प्रस्तुति राखेका थिए ।
प्रतिष्ठानका सहसचिव शिव त्रिपाठीको संयोजनमा गरिएको उक्त कार्यक्रममा संस्थापक सचिव कोविदशरण उपाध्याय, सल्लाहकारहरु छन्दिका त्रिपाठी, वसन्त बास्तोला, प्रकाशचन्द्र पौडल, निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेललगायत उपस्थित थिए ।
प्रतिष्ठानका सदस्य गजलकार आवाज शर्माले प्राविधिक संयोजन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष छन्दमणि त्रिपाठी, कार्यक्रम संयोजक शिव त्रिपाठी, बाल स्रष्टा सहनशीला पौडेल, संस्थाका पूर्व सचिव एवं सल्लाहकार वसन्त बास्तोला, सचिव सुनील गायकलगायतले पनि साहित्यको महत्वको चर्चा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१